राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अप्रेसन गर्न चार वटा नयाँ अत्याधुनिक ओटि सहित २५ बेडको प्राइभेट वार्ड सञ्चालन – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अप्रेसन गर्न चार वटा नयाँ अत्याधुनिक ओटि सहित २५ बेडको प्राइभेट वार्ड सञ्चालन

    मा प्रकाशित

कार्तिक २९, दाङ ।   दाङको घोराहीमा रहेको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा साना तथा ठुला अप्रेसन गर्नका लागि चार वटा नयाँ अत्याधुनिक ओटि रुम सन्चालनमा आएको छ । बिगतमा सामान्य र जटिल अप्रेसन गर्नका लागि ओटि रुम २ वटा हुँदा पालैपालो सबै विशेषज्ञ चिकित्सकहरुले गर्नु पर्ने अबस्था रहेकोमा अहिले थप ४ वटा नयाँ ओटि सन्चालनमा ल्याएर सेवा बिस्तार गरिएको हो । नयाँ ओटिबाट आइतबारदेखि बिरामिको अप्रेसन गर्न सुरु गरिएको छ । नयाँ ओटि सन्चालनमा आएसंगै बिरामीहरुको उपचारमा थप सहजता आएको प्रतीष्ठानकी अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेतले बताउनु भयो । नयाँ ओटिमा अप्रेसनका लागि नयाँ-नयाँ अत्याधुनिक उपकरणको र थप विशेषज्ञ चिकित्सकको ब्यबस्था मिलाइएको उहाँले जानकारी दिनु भयो ।

त्यसैगरेर आइतबारदेखि नै २५ बेडको प्राइभेट वार्ड सञ्चालनमा आएको अस्पताल निर्देशक डा. बस्नेतले बताउनु भयो । बिस्तारीत स्वास्थ्य सेवा(EHS) सेवालाई प्रभाबकारी बनाउनु साथै बिरामिलाइ छिटाे छरितो सेवा प्रदान गर्न
प्राइभेट वार्डले सहयोग पुर्याउने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानको तेस्रो वार्षिकोत्सवको अवसर पारेर प्रतिष्ठानले सुबिधा सम्पन्न प्राइभेट वार्ड सञ्चालनमा ल्याएको हो । यस वार्डमा बिरामीका लागि छुट्टाछुट्टै क्याबिन बेड राखिएको छ ।

एसी सुविधा, प्रत्येक बेडका लागि छुट्टाछुट्टै शौचालय, अपाङ्गमैत्री शौचालय, लिफ्टबाट क्वाबिनसम्म जाने व्यवस्था, डाक्टर र स्वास्थकर्मीको चाैबिसै घण्टा उपलब्धतासहितको व्यवस्थासहित सेवा सुरु गरिएको निर्देशक बस्नेतले जानकारी दिनुभएको छ ।

प्राइभेट वार्ड सेवा दाङका लागि पहिलो र नवीनतम सेवा भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा प्राइभेट बेडसहित राप्ती स्वास्थ विज्ञानमा अब १ सय ७५ बेड सञ्चालनमा आएको छ ।

सिटी स्क्यान सेवा, आधुनिक ल्याब सेवा, अक्सिजन प्लान जडान, विभिन्न विशेषज्ञ सेवा प्रदान गरी उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता कम भएको प्रतिष्ठानले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्