रुसमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या अझै घटेन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

रुसमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या अझै घटेन

    मा प्रकाशित

रुसमा कोरोना भाइरसका कारण मृत्यु हुनेदरमा अझै कमी आउन सकेको छैन । पछिल्लो २० दिनदेखि रुसमा दैनिक १ हजारभन्दा बढीको कोरोना सङ्क्रमणका कारण मृत्यु हुने गरेको छ । गत २४ घन्टामा पनि रुसमा कोरोनाका कारण १ हजार २ सय ११ जनाको मृत्यु भएको छ । योसँगै रुसमा कोरोनाका कारण २ लाख ५६ हजार ५ सय ९७ जनाको मृत्यु भइसकेको छ ।

 

यस्तै गत २४ घन्टामा ३८ हजार ४ सय २० जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै रुसमा कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ९१ लाख ९ हजार ९४ पुगेको छ । रुसमा सबैभन्दा पहिले कोरोनाविरुद्धको खोप लगाइएको भएपनि पछिल्लो समय बढ्दो कोरोना सङ्क्रमण र मृत्यु हुने दर बढ्दै जाँदा त्यसले चिन्ता थपेको छ । रुसले पहिलो कोरोनाविरुद्धको खोप स्पुतनिक भी विकास गरेको थियो । रुसको राजधानी मस्को हाल कोरोनाका कारण बढी प्रभावित बनेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्