फिफा विश्वकप २०२२ को लागि स्विटरजरल्याण्ड छनोट – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

फिफा विश्वकप २०२२ को लागि स्विटरजरल्याण्ड छनोट

    मा प्रकाशित

स्विट्जरल्यान्ड अर्काे वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को लागि छनोट भएको छ। समुह ‘सी’ को विजेता बन्दै स्विट्जरल्यान्ड विश्वकपमा छनोट हुँदा युरो विजेता इटालीले भने प्ले अफ खेल्नुपर्ने भएको छ।छनोट चरणको अन्तिम खेलमा बुल्गेरियामाथि ४–० को जित निकाल्दै स्विट्जरल्यान्डले विश्वकपमा स्थान पक्का गरेको हो।

इटाली नर्दन आयरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएपछि स्विट्जरल्यान्डको विश्वकप पक्का भएको हो।घरेलु मैदानमा स्विट्जरल्यान्डको जितमा नोआओकाफोर, रुवेन भार्गस, सेडरिक इटेन र रेमो फ्रिउलरले गोल गरे । जितपछि स्विट्जरल्यान्डले समूह ‘सी’ मा ८ खेलबाट १८ अङ्क जोडेको छ । पराजित बुल्गेरिया ८ अङ्क जोडेर चौथो स्थानमा रहेको छ भने इटाली १६ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्