असन्तुष्ट न्यायाधीहरूबीचमा पनि फरक धार – Kanika Khabar
Thursday, April 18Nepali News Portal

असन्तुष्ट न्यायाधीहरूबीचमा पनि फरक धार

    मा प्रकाशित

कार्तिक ३०, काठमाडौँ ।
सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीहरूबीचमा पनि फरक धार देखिन थालेको छ । प्रधानन्यायाधिस चोलेन्द्र शमसेर जवराको राजीनामा माग गर्दै इजलास बहिस्कार गर्दै आएका मध्ये केही न्यायाधीश कामा फर्किएका छन् ।

प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गरिरहेका मध्य ६ जना न्यायाधीशहरू इजलासमा फर्केर मुद्दाको नियमति सुनुवाइ थालेका हुन् । न्यायाधीशहरू तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ, प्रकाश ढुंगाना, कुमार चुँडाल र मनोज शर्मा जारी आन्दोलन छाडेर इजलासमा फर्किएका छन् ।

तेजबहादुर केसी र कुमार रेग्मी, प्रकाश ढुंगाना र कुमार चुँडाल तथा बमकुमार श्रेष्ठ र मनोज शर्माको इजलासमा आज सुनुवाइ भएको छ । प्रधानन्यायाधीशविरुद्ध आन्दोलनको नेतृत्व गरिरहेका बरिष्ठ न्यायाधीशहरूको नियत न्यायपालिका सुधार गर्ने भन्दा पनि व्यक्तिगत लाभहानीमा केन्द्रित रहेको बुझेपछि आन्दोलनबाट अलग हुन थालेको न्यायाधिसहरुको भनाइ रहेको छ । हिजो नेपाल बारसँगको छलफल बहिष्कार गरेका ५ जना न्यायाधीशलाई आज अर्का न्यायाधीश प्रकाश ढुंगानाले पनि साथ दिनुभएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्