बारले आन्दोलनलाई थप सशक्त बनाउने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

बारले आन्दोलनलाई थप सशक्त बनाउने

    मा प्रकाशित

कार्तिक ३०, दाङ ।
प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले भने आन्दोलनलाई थप सशक्त बनाउने बताएको छ । आज आयोजित धर्ना तथा विरोध कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भोलीबट सुरु हुने तेस्रो चरणको आन्दोलन सशक्त बनाउने बताउनुभएको हो ।

प्रधानन्यायाधीश जबराले न्यायपालिकामा विसङ्गति, विकृति र भ्रष्टाचारलाई संरक्षण गरेको आरोप लगाउँदै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा अपरिहार्य भएको जिकिर गर्नुभयो । उहाँको राजीनामाबाट मात्रै सुधारका कदमहरू अघि बढ्न सक्छन्, अध्यक्ष श्रेष्ठले भन्नुभएको छ ।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले भ्रष्टाचार गरेर कमाएको सम्पत्ति विवरण छानबिन गर्न माग आइरहेको बताउँदै त्यसको लागि १९ जना न्यायाधीशसँग छलफल भइरहेको पनि खुलासा गर्नुभयो । तेस्रो चरणको कार्यक्रममा पनि दिनको दुई घण्टा निरन्तर धर्ना दिने उहाँको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्