प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिने

    मा प्रकाशित

मंसिर १, दाङ ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिनुहुने भएको छ । हिजोका लागि बोलाइएको प्रदेशसभा बैठक सुरु हुनासाथ स्थगित भएपछि राईले आज मात्रै विश्वासको मत लिनुहुने भएको हो ।

हिजोको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद उपस्थित नभएपछि सभामुख प्रदीपकुमार भण्डारीले सुरु भएको केही बेरमै बैठक स्थगित गर्नुभएको थियो । उहाँले भोलि बिहान ११ बजे बस्नेगरी प्रदेशसभा बैठक बोलाउनुभएको छ ।

मुख्यमन्त्री राईले विश्वासको मतसम्बन्धी प्रस्ताव अस्ति आइतबार संसद सचिवालयमा दर्ता गराउनुभएको थियो । विश्वासको मत लिनलाई दुई दिनअघि त्यससम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता गराउनुपर्ने व्यवस्था छ । तर केहीबेरमै बैठक स्थगित भएपछि विश्वासको मत लिने प्रस्ताव टेबुल हुन सकेन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्