सदैब पार्टीको `रक्षाकवज´ बनेका दुर्गा चुनावी रेसमा – Kanika Khabar
Friday, March 29Nepali News Portal

सदैब पार्टीको `रक्षाकवज´ बनेका दुर्गा चुनावी रेसमा

    मा प्रकाशित

मंसिर १, दाङ ।     सबैसँग सहजै भिज्न सक्ने उनको ब्यक्तिगत स्वभावले उनलाई सबैको ‘प्रीय’    बनाईदिएको छ । सबैसँगको आत्मीयता गाँस्न सक्ने उनको यही कौशलताले उनलाई भद्र ब्यक्तित्वको परिचय पनि दिलाएको छ । अनावश्यक टिकाटिप्पणी बाट टाढा रहि बैचारिक गहन बिषयमा गहन बहस गर्ने कौशलता उनको अर्को परिचय पनि हो । फलतः घोराहीका दुर्गा जिएमलाई कांग्रेस राजनीतिमा भद्र युवा नेताको परिचय दिलाईदिएको छ । उनै दुर्गा कांग्रेसको राजनीतिमा नेतृत्वको खोजीमा छन् । उनि कांग्रेसको १४ औँ महाधिवेशनबाट प्रदेश क्षेत्रको नेतृत्व लिएर सबल कांग्रेस निर्माण अभिभारा बोक्ने योजनामा छन् । उनि क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र क मा सभापतिको उम्मेदवार बनेका छन् । कांग्रेसका सशक्त युवा दुर्गाले कांग्रेस राजनीतिमा बर्षौँ योगदान दिए ।
पार्टीलाई बलियो बनाउने अभियानमा निरन्तर हिँडिरहेका दुर्गाको देन कांग्रेसका लागि महत्वपूर्ण रहेको यथार्थतालाई पार्टीले अबमुल्यन पक्कै गरेको छैन । तर पनि उनले आँफू नेतृत्वमा जाने ‘ख्वाब’ कहिल्यै देखेनन् । आफ्नो सहयोगलाई यसअघि सम्म पद संग तुलना नगरेका दुर्गाले अहिले भने कांग्रेस भित्र युवा नेतृत्वको अपरिहार्यतालाई नकार्न सकेनन् । फलतः उनि प्रदेश क्षेत्रको सभापति पदमा आँफूलाई पदासिन बनाउने निर्णयमा पुगे । ‘म कांग्रेसको सच्चा सिपाही बनेर पार्टीका लागि सदैव सबल कांग्रेस निर्माणका लागि खटिएँ, तर मैले मेरो खटनलाई कहिल्यै पद संग जोडेर हेरेन,’ उनले भने ‘बिगतको त्यहि मेरो सकृयताले अब भने नेतृत्वका लागि तयार बनाएको महशुस भयो र मैले उम्मेदवारी दिने निणर््य लिएँ ।’
पार्टी भित्रका मतभिन्नतालाई निर्मुल पार्नु पर्ने यथार्थता प्रतिको चिन्तनमा रहेका दुर्गाले आफ्नो उम्मेदवारीलाई गुट अन्त्यको प्रारुपका रुपमा लिएका छन् । ‘सिंगो कांग्रेस निर्माणका लागि मैले के गर्न सक्छु ? मेरो उम्मेदवारीको ठूलो चिन्तन र लक्ष यहि नै हो,’ उनले भने ‘पार्टी भित्रको यो खराब पक्षलाई मैले अन्त्य गर्नका लागि जस्तो सुकै पहल थाल्ने छु ।’ कांग्रेसका युवा नेता दुर्गा कांग्रेसको १२ औँ महाधिवेशन देखि कांग्रेसको औपचारीक राजनीतिमा प्रवेश गरेका थिए । १२ औँ महाधिवेशनमा उनि क्षत्रीय प्रतिनिधि चयन भएका थिए । यो बेला उनले आँफूलाई पार्टीको उपल्लो तहमा उम्मेदवार बनाएनन् । ‘अग्रज नेताहरुको सम्मानका लागि मैले आँफूलाई थप उँचो पदमा उम्मेदवार बनाएन,’ उनले भने ‘किनकी अग्रज नेताहरुको सम्मान गर्नु हाम्रो दायित्व हो, धर्म हो ।’ उनि १३ औँ महाधिवेशनमा पनि क्षत्रीय प्रतिनिधि चयन भएका थिए । त्यो बेला पनि उनि क्षत्रीय प्रतिनिधि भन्दा उपल्लो पदमा आफ्नो उम्मेदवारी पेश गरेनन् । अहिले १४ औँ महाधिवेशनमा भने दुर्गाले आँफूलाइ क्षेत्र नम्बर २ को प्रदेशसभा क्षेत्र क मा एक सशक्त उम्मेदवारका रुपमा प्रस्तुत गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्