सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी – Kanika Khabar
Thursday, March 28Nepali News Portal

सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी

    मा प्रकाशित

काठमाडौं, मंसिर १  । सर्वोच्च अदालतमा आज छवटा मुद्दाको फैसला भएको छ भने दुई मुद्दामा आदेश जारी भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका लागि दुई एकल र सात संयुक्त इजलासमा १८८ मुद्दाको पेशी तोक्नुभएको थियो ।
आज पेशी तोाकिएको १८८ मुद्दामध्ये छ मुद्दाको फैसला भएको छ भने ८६ मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको सर्वोच्चले जनाएको छ । आज जबराले न्यायाधीश दीपकुमार कार्की र आनन्दमोहन भट्टराई, मीरा खड्का र प्रकाशमान सिंह राउत, विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमा, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा, टंकबहादुर मोक्तान र नहकुल सुवेदी, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी तथा तेजबहादुर केसी र कुमार चुडालको संयुक्त इजलास तोक्नुभएको थियो । साथै न्यायाधीश हरिकृष्ण कार्की र हरिप्रसाद फुयालका लागि एकल इजलास तोकिएको थियो । रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्