नेपाल परिवार नियोजन संघको केन्द्रीय अध्यक्षमा हिमालयलाल कसजु निर्वाचित – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

नेपाल परिवार नियोजन संघको केन्द्रीय अध्यक्षमा हिमालयलाल कसजु निर्वाचित

    मा प्रकाशित

दाङ– नेपाल परिवार नियोजन संघको केन्द्रीय अध्यक्षमा हिमालयलाल कसजु निर्वाचित भएका छन् । दाङमा भएको संघको ४१औं केन्द्रीय सभाले कसजुलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्षका प्रतिस्पर्धी दिवाकर श्रेष्ठलाई फराकिलो मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

समितिको सदस्यमा इन्द्रलक्ष्मी श्रेष्ठ, ज्योतिकुमारी श्रेष्ठ, निर्मला गौतम रेग्मी, सीता कुमारी राना, अर्जुन सिग्देल, कृष्णप्रसाद पाठक, निगम श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यस्तै युवा सदस्यहरूमा भागीरथी भट्ट र माला न्यौपाने निर्वाचित भएको निर्वाचन अधिकृत दीपककुमार रेग्मीले जानकारी दिए । निर्वाचनमा ३९ जनाले मतदान गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्