३० शैय्याको अस्थायी कोरोना अस्पताल कैलालीमा आज देखि सञ्चालनमा आयो – Kanika Khabar
Wednesday, January 22Nepali News Portal

३० शैय्याको अस्थायी कोरोना अस्पताल कैलालीमा आज देखि सञ्चालनमा आयो

    मा प्रकाशित

कनिका डेस्क
जेठ २९, दाङ

कैलालीमा तयार गरिएको अस्थायी कोरोना अस्पताल आज देखि सञ्चालनमा आएको छ । कैलालीका सात स्थानीय तह मिलेर टीकापुरमा तयार गरिएको अस्थायी अस्पताल सञ्चालनमा आएको हो । टीकापुर अस्पतालमा कोरोना संक्रमित नअटेपछि सिटीहलमा अस्थायी अस्पताल तयार गरिएको हो ।

स्थानीय तहका जनप्रतिनिधि र टीकापुर अस्पतालबीच भएको छलफलमा टीकापुर अस्पतालले प्राविधिक सहयोग गर्ने र आर्थिक व्ययभार स्थानीय तह मिलेर गर्ने सहमति भएको छ । आइसोलेसनमा उपचारमा खट्ने स्वास्थ्यकर्मीका लागि समेत त्यही बस्ने व्यवस्था मिलाइएको टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले जानकारी दिनुभयो ।

केही दिनअघि टीकापुर अस्पताल विकास समितिको समन्वयमा बसेको स्थानीय तह सहितको सर्वदलीय बैठकले टीकापुर अस्पतालमा रहेको १२ शैयाको आइसोलेसन कक्ष अपुग भएकाले टीकापुरको सिटीहलमा अस्थायी अस्पताल सञ्चालन गर्ने निर्णय गरेको थियो ।

अस्थायी अस्पताल सञ्चालनका लागि टीकापुर, लम्कीचुहा, भजनी र घोडाघोडी नगरपालिका, जानकी, वर्दगोरिया र जोशीपुर गाउँपालिकाले सहकार्य गरेको कैलालीका सामुदायिक रेडियोले खवर पठाएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्