११८ दिनदेखि काँग्रेस केन्द्रीय पार्टी कार्यालयमा धर्ना र अनसन – Kanika Khabar
Saturday, December 10Nepali News Portal

११८ दिनदेखि काँग्रेस केन्द्रीय पार्टी कार्यालयमा धर्ना र अनसन

    मा प्रकाशित

काठमाडौँ, मंसिर २ । 
महाधिवेशनको मिति नजिकिँदै गर्दा समेत नेपाली काँग्रेसले पार्टी भित्रको विवाद अझै पूर्ण रुपमा समाधान गर्न सकेको छैन । विभिन्न असहमति जनाउदै काँग्रेसको केन्द्रीय पार्टी कार्यालयमा धर्ना र अनसन बस्ने क्रम जारी छ । प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका सभापति कर्ण मल्लसहितको समूहले पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसन सुरु गरेको छ । डडेल्धुराको क्रियाशील सदस्यतामा धाँधली गरेको र शक्तिको दुरुपयोग गर्दै अधिवेशन गरेको भन्दै उनीहरूले अनसन सुरु गरेका हुन् । यस्तै १ सय १८ दिनदेखि सानेपामा अनसनमा बसेका रौतहटका नेता कार्यकर्ताले भने अनसन तोडेका छन् । नेता उदयकान्त यादवले अनसन तोडेपनि आफूहरूको आन्दोलन भने नसकिएको बताए । महाधिवेशनको मिति नजिकिदै गर्दा नेताहरूले विभिन्न पदमा उम्मेद्वारी दिने क्रम पनि चलिरहेको छ । उम्मेद्वारी घोषणासँगै नेताहरूले आ–आफ्नो पक्षमा वातावरण बनाउन नेता कार्यकर्तासँग भेटघाट तथा छलफल गर्ने काम पनि गरिरहेका छन् । सभापति तथा महामन्त्रीमा आकाङ्क्षीहरूले उम्मेद्वारी घोषणा गर्नुका साथै तयारी पनि गरिरहेका छन् । प्रवक्ता विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेद्वारी घोषणा गर्दै प्रचार समिति बनाएर काम थालिसकेका छन् । युवा नेता गगन थापाले पनि महामन्त्रीमा आफूले उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्