दाङ प्रदेश २ (क) मतगणना स्थगितपछि मतगणना सुरू – Kanika Khabar
Thursday, April 25Nepali News Portal

दाङ प्रदेश २ (क) मतगणना स्थगितपछि मतगणना सुरू

    मा प्रकाशित

मंसिर ४,दाङ ।
नेपाली काङ्ग्रेस दाङ प्रदेश नं. २ (क) काे मतगणना स्थगित भएपश्चात अहिले मतगणना सुरू भएकाे छ । आज शनिबार भएकाे प्रदेश सभाकाे मतगणनामा प्राविधिक त्रुटि भएपछि मतगणना स्थगित भएकाे थियाे ।

मतपत्र र मतपत्रकाे अर्धकट्टी दुबैमा सिरियल नम्बर राखेपछि मतगणना स्थगित भएकाे हाे । मतदानमा गाेपनियता कायम नरहने भएपछि मतगणना स्थगित भएकाे थियाे । केही समय मतगणना स्थगित भएपछि भएकाे परामर्श पश्चात् मतगणना सुरू भएकाे हाे ।
` अर्धकट्टी र मतपत्रमा केही सिरियल नम्बर समान पाइएपछि आवश्यक छलफल भएकाे हाे । सम्पूर्ण अर्धकट्टी जलाउने सहमतिमा मतगणना सुरू गरिएकाे छ ।´ कार्यवाहक जिल्ला निर्वाचन अधिकृत युवराज बस्नेतले कनिका खबर अनलाइनसँगकाे कुराकानीमा बताए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्