दाङमा प्रतिबन्धित बन्यजन्तु बाघको छाला सहित दुईजना पक्राउ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

दाङमा प्रतिबन्धित बन्यजन्तु बाघको छाला सहित दुईजना पक्राउ

    मा प्रकाशित

शिवु खनाल
दाङ, ६ मंसिर।
दाङमा प्रतिबन्धित बन्यजन्तु (बाघ)को छाला सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतवार बेलुका दाङ घोराही उप-महानगरपालीका वडा नम्बर १६ गरुवा चोकबाट प्रतिबन्धित बन्यजन्तु (अखेटोपहर) बाघको छाला सहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीले ओसारपसार गरी रहेको भन्ने गोप्य सूचनाको आधारमा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको चालक सुर्य बहादुर चौधरीले चलाएको रा ३ प २६६ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकल पछाडी सवार रहेका महेन्द्र खड्काले हातमा समाती बसेको कालो रङ्गको ब्याग भित्र लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित बन्यजन्तु बाघको जस्तो देखिने टाटेपाटे रङ्गको बाघको छाला थान १ छाला सहीत उनिहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले राजपुर गाउँपालिका वडा नम्बर ६ निवासी ३८ वर्षिय सुर्यबहादुर चाैधरी र तुलसिपुर उप-महानगरपालिका वडा नम्बर ५ रानीजरूवा निवासी ३१ वर्षिय महेन्द्र खड्कालाई पक्राउ गरि आवश्यक अनुसन्धान सुरु गरेको छ ।

पक्राउ पर्नेहरूबाट प्रहरीले टाउको देखी पुच्छर सम्म ८ फिट २ ईन्च लम्बाई र १ फिट ८ ईन्च चौडाई भएको छाला एकथान, सिल्भर रङ्गको रेडमी नोट एकथान, सादा मोबाईल एकथान बरामद गरेको छ । बरामद गरिएको उक्त सामाग्री डिभिजन वन कार्यालय दाङलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी सुरेशप्रसाद काफ्लेले जनाकारी दिनुभयाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्