एमालेको स्थायी कमिटी बैठक भोलिको – Kanika Khabar
Saturday, April 20Nepali News Portal

एमालेको स्थायी कमिटी बैठक भोलिको

    मा प्रकाशित

मंसिर ६, दाङ ।
नेकपा एमालेको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । एमालेले महाधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न आज ३ बजे स्थायी कमिटीको बैठक बोलाएको थियो । तर, शिर्ष नेताहरू महाधिवेशन केन्द्रित भएर समुह, समुहमा छलफल तथा भेटघाटमा लागेपछि आजको बैठक भोलिका लागि सारिएको हो ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले आज बस्ने भनिएको बैठक भोलि बिहान ११ बजे सममको लागि स्थगित गरिएको बताउनुभयो । आउँदो १० गतेबाट सुरु हुने एमालेको दशौं महाधिवेशनको लागि नेताहरू नेतृत्त्वको छलफलमा जुटेका छन् । अध्यक्षमा, उपाध्यक्ष भिम रावलले हिजै उम्मेद्वारी दिने घोषणा गरिसक्नुभएको छ । अरु नेताहरू भने अध्यक्षमा दाबी गर्ने पक्षमा देखिएका छैनन् । तर, अध्यक्ष बाहेकका पदमा भने नेताहरू लबिङ् चलिरहेको छ ।

पार्टी कार्यालय भित्र तथा बाहिर नेताहरू नेतृत्त्वको दाबी र उम्मेद्वारीका बारेमा छलफलमा व्यस्त भएकाले आजको बैठक बस्न नसकेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्