गोला प्रथाबाट पेशी तोक्ने गरि गरिएको नियमावलीमा संशोधनले वैधता पायो – Kanika Khabar
Friday, March 29Nepali News Portal

गोला प्रथाबाट पेशी तोक्ने गरि गरिएको नियमावलीमा संशोधनले वैधता पायो

    मा प्रकाशित

गोलाप्रथाबाट पेशी तोक्ने गरि गरिएको सर्वोच्च अदालतनियमावली २०७८को दोस्रो संशोधनले वैधता पाएको छ । सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली २०७८ आज राजपत्रमा प्रकाशित भएसँगै यसले कानुनी वैधता पाएको हो ।

कुनै पनि सरकारी निर्णय राजपत्रमा प्रकाशित भएपछि मात्र त्यसले वैधानिकता पाउने कानुनी व्यवस्था छ । यसले प्रधानन्यायाधीशको पेशी तोक्ने अधिकार भने कटौती भएको छ ।

२ गते मङ्सिरमा बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) ले पेशी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती गरी गोला प्रथाबाट पेशी तोक्ने गरी सर्वोच्च अदालत नियमावली २०७४ लाई संशोधन गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्