कांग्रेसको महाधिवेशन : प्युठान मतगणना स्थलमा गाेली चल्यो – Kanika Khabar
Friday, March 29Nepali News Portal

कांग्रेसको महाधिवेशन : प्युठान मतगणना स्थलमा गाेली चल्यो

    मा प्रकाशित

शिवु खनाल
दाङ, ७ मंसिर ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा गोलि चलेको छ । मतगणनाको क्रममा पौडेल – सिटौला पक्ष र संस्थापन देउवा पक्षबीच झडप हुँदा झडप नियन्त्रणका लागि २ राउण्ड हवाई फायर र आधा दर्जन बढी टियर ग्याँस प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् । मतगणनामा पौडेल पक्षका बिष्णु कुमार गिरीले अग्रता लिएपछि मतगणना स्थलमा एक्कासी देउवा पक्षका युवाहरुले आक्रमण गरेको एक काँग्रेस कार्यकर्ताले बताए ।

मंगलबार राति मतगणना स्थल स्वर्गद्वारी क्याम्पसमा कांग्रेस कार्यकर्ताहरुले मतगणना विथोल्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोज्दा देउवा पक्षका कार्यकर्ताहरु प्रहरीमाथि नै ढुँगामुढामा उत्रिएको बताइएको छ । अवस्थालाई नियन्त्रण गर्ने क्रममा २ राउण्ड हवाई फायर र केहि राउण्ड टियर ग्गाँस प्रहार भएको प्युठान प्रहरी प्रमुख डीएसपी सत्यनारायण थापाले बताए ।

थापाका अनुसार झडपका क्रममा ३ जना सर्वसाधारण र ५ जना प्रहरी घाइते भएका छन् । प्रहरी तर्फ जवान गोपाल जिसी र चन्द्र बहादुर गाह घाईते छ्न। त्यस्तै काँग्रेस कार्यकर्ता तर्फ घाईते हुनेमा कृष्ण बसेल, स्वर्गद्वारी नगरपालिका वडा नम्बर २ का २० बर्षिया कमल घर्ती, नौबहिनी वडा नम्बर ६ का २६ बर्षिया कुंवर पुन, २३ बर्षिया बिनोद रिजाल र प्युठान नगरपालिका वडा नम्बर ७ का खेमराज पण्डित रहेका छन् । घाईतेहरुलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार पठाइएको छ ।

देउवा र पौडेल – सिटौला पक्षले प्यानल बनाएरै चुनावमा भिडेका थिए । मतदान शान्तिपूर्ण भएपनि निर्वाचनपछि मतगणना स्थलमा आक्रमणकाे प्रयास भएको थियो । आक्रमणपछि अहिले मतगणना कार्य स्थगित भएको छ ।
निर्वांचनमा देउवा पक्षबाट शिव रिजाल सभापतीका उम्मेद्धार रहेका छन् भने पौडेल सिटौला पक्षबाट बिष्णु कुमार गिरी मैदानमा छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्