फैलियो सीमावर्ती भौवानाका गाउँमा इन्टरनेट सेवा ‘नाकाबासीहरुले फेसबुकमार्फत आफन्तसंग अनुहार हेराहेर गरेर सहजै कुरा गर्न थाले’ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

फैलियो सीमावर्ती भौवानाका गाउँमा इन्टरनेट सेवा ‘नाकाबासीहरुले फेसबुकमार्फत आफन्तसंग अनुहार हेराहेर गरेर सहजै कुरा गर्न थाले’

    मा प्रकाशित

शिवु खनाल
भौवानाका, ८ मंसिर
भारतसंग जोडिएको दाङको भौवानाकामा पहिलो पटक इन्टरनेट सेवा विस्तार भएपछि इन्टरनेट सेवा के हो, कस्तो हुन्छ भन्ने लागेका स्थानीय नाकाबासीलाई सहजै इन्टरनेटबाट खबर बुझ्न र केही महत्वपूर्ण जानकारीका लागि सजिलो माध्यम बनेको छ । सञ्चार क्षेत्र पुग्न नसकेको नेपाली भुमिमा पहिलो पटक इन्टरनेटको सेवा पुगेपछि भारतसंग जोडिएको सीमावर्ती क्षेत्रका गाउँमा इन्टरनेटको पहुँच बढ्न थालेको छ । पछिल्लो समयमा सञ्चारको विकाससँगै राजपुरको दुर्गम सीमावर्ती क्षेत्र भौवानाकाको गाउँमा इन्टरनेटको पहुँच बढ्न थालेको शिवशक्ति माविका प्रधानध्यापक लिलाधर विकले बताउनुभयो । उहाँले इन्टरनेटमार्फत लामो समयको अन्तरालमा गर्न सकिने काम आफ्नै विद्यालयबाट भनेको समयमा हुने भएका कारण समुदाय खुसी हुन थालेको बताउनुभयो । सीमावर्ती क्षेत्रका विभिन्न गाउँमा कसैको आवश्यक कागजात गाउँपालिका पठाउनुपरेमा एक दिनको बाटो हिँडेर जानुपर्नेमा गाउँमै सेवा दिन पाउँदा आफू सन्तुष्ट रहेको प्रधानध्यापक विकले बताउनुभयो ।
दाङको राजपुर गाउँपालिका भौवानाकामा इन्टरनेट सेवा सञ्चालन भएको छ । अति विकट, दुर्गम मानिने नेपाल भारत सीमावर्ती क्षेत्र भौवानाकामा पहिलोपटक इन्टरनेट सेवा सञ्चालन भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणको आर्थिक सहयोगमा राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानाका शिवशक्ति माविमा निःशुल्क वाईफाई जडान गरिएको हो । दाङ जिल्लाका सबै माध्यमिक विद्यालयमा निशुल्क वाईफाई जडान गर्ने कार्यक्रम अन्तर्गत टेक माईन्डस प्रा.ली नारायणगढले निशुल्क वाईफाई जडानको कामलाई अगाडि बढाएको छ । प्रालिले इन्टरनेट सेवा विस्तार गरेपछि भौवानाकामा इन्टरनेट सेवा सहज भएको हो । १६ किलोमिटर दुरीको रुखमामा फाईबर टाँगेर विद्यालयमा निशुल्क वाईफाई सञ्चालनमा ल्याइएको विद्यालयका प्रधानध्यापक लिलाधर विकले जानकारी दिनुभयो । विद्यालयसम्म विधुत नपुगेकोले बाँके जिल्लाको कुसुम देखि दाङको भौवानाका सम्म १६ किलोमिटर क्षेत्रमा फाईवर तार रुखमा टाँगेर वाईफाई जडान गरिएको प्रधानध्यापक विकले बताउनुभयो ।
सीमावर्ती क्षेत्रका गाउँमा पछिल्लो समयमा मोबाइलबाट इन्टरनेट सञ्चालन हुन थालेपछि कहाँ के भयो भन्नेबारेमा समयमा जानकारी हुने गरेको शिक्षक अभिभावक संघका अध्यक्ष मंगलसिंह खड्काले बताउनुभयो । उनका खड्काले भन्नुभयो,—। ‘इन्टरनेट सेवाले धेरै सहज, छिटो छरितो बनाएको छ । पहिले पहिले सहरमा जाँदा फेसबुकबाट कुराकानी हुन्छ भन्ने सुन्दा आफूलाई अचम्म लाग्थ्यो वास्तविक रुपमा आफैँ फेसबुकमा रमाउन पाउँदा गौरवको महसुश हुने गरेको छ ।’ अहिले सीमावर्ती क्षेत्र गाउँका नाकाबासीहरुले फेसबुकमार्फत विदेशमा रहेका आफन्तसंग सहजै कुरा गर्न पाउनु, कस्तो छ स्वयम् अनुहार हेर्न पाउनु राम्रो भएको अर्का स्थानीय पूर्णबहादुर झाक्रीँले बताउनुभयो । भारतसंग जोडिएको सीमावर्ती क्षेत्र भौवानकामा अहिले इन्टरनेको पहुँच पुगेकाले नेट प्रयोगकर्ता हृवात्तै बढ्ने सम्भावना रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्