भोट हाल्ने रहर : मतदाता परिचयपत्र बनाउँन सघाँउदैँ, ‘जनप्रतिनिधि’ – Kanika Khabar
Saturday, April 20Nepali News Portal

भोट हाल्ने रहर : मतदाता परिचयपत्र बनाउँन सघाँउदैँ, ‘जनप्रतिनिधि’

    मा प्रकाशित

शिवु खनाल
सिरियानाका, ९ मंसिर।
दाङको राजपुर गाउँपालिका वडा नम्बर १ सिरियानाका निवासी आकाश बुढा मगरको भोट हाल्ने उमेर पुगेदेखी हालसम्म थुप्रै निर्वाचन सम्पन्न भए । तर मगरले अहिलेसम्म पनि भोट हाल्दाको अनुभव बटुल्न पाउनु भएको छैन । जसको कारण हो मगरको मतदाना नामवली परिचयपत्र छैन । सिरियानाका गाउँका सबै आफूले चाहेका जनप्रतिनिधिलाई भोट हाल्न लाईन बस्दा मगर पनि भोट हाल्ने स्थानसम्म पुग्नुहुन्छ तर, मतदाता नामावलीमा नाम नभएकै कारण उहाँ मतदान स्थलभित्र पस्न पाउनुहुन्न । गाउँका सबै भोट खसाल्न जान्छन् । म उनीहरूसंगै रहरले पछि लागेर मतदान केन्द्र स्थलमा पुगे, उहाँले भन्नुभयो,—। ‘मतदान स्थलमा पुगे पनि आफूले भोट हाल्न नपाउँदा निकै पीडा महसुश हुने गरेको पाए ।’ ‘नागरिकता छ तर, अहिलेसम्म मेरो मतखाता नामवली परिचयपत्र छैन । घर परिवारसंगै हुँदासमेत भोट हाल्ने अधिकारको लागि कहिल्यै पहल भएन, कारण थियो, आफ्नै नेपाली भुमि आउने बाटो नहुदाँ ।’
यस्तै राजपुर गाउँपालिका वडा नम्बर १ सुकौलीनाका निवासी चामबहादुर सुनारले पनि अहिलेसम्म मतदान स्थलभित्र प्रवेश पाउनु भएको छैन । उहाँले भन्नुभयो,—। ‘अहिलेसम्म भोट खसालेको अनुभव बटुल्न पाएको छैन । मतदान केन्द्र स्थल कस्तो हुन्छ देखेकै छैन ।’ मतदाता नामावली परिचयपत्र नभएकै कारण भोट हाल्ने अधिकारबाटै बञ्चित हुँदै आएको सुनारले बताउनुभयो । भारतसंग जोडिएको दाङको सीमावर्ती क्षेत्रमा ३४ वटा नाकाहरु रहेका छन् । उक्त क्षेत्रमा करिब दशहजार जनसंख्या रहेको अनुमान गरिएके छ । सीमावर्ती क्षेत्रका नाकाबासीहरुले मतदाता नामावली परिचयपत्रको लागि धेरैपटक इलाका प्रशासन कार्यालय लमही आउने कोसिस गर्दा पनि आफ्नै नेपाली भुमि जानलाइ गतिलो बाटो नहुदाँ मतदाता परिचयपत्र बनाउँबाट बञ्चित हुनु परेको बताउदैँ, राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित भएको उनको गुनासो रहेको छ ।
त्यस्तै राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानाका स्याउले निवासी गर्बे नेपालीको पनि मतदाता नामावली परिचयपत्र छैन । आफूले चाहेको जनप्रतिनिधि चुन्ने अधिकारको प्रयोग अहिलेसम्म पनि गर्न नपाएको नेपालीले बताउनुभयो । योत एउटा उदाहरण मात्रै हो । भारतसंग जोडिएको दाङको सीमावर्ती क्षेत्रमा प्रायः नाकाबासीहरु सबैको समस्या एउटै छ । कसैको नागरिता छैन, कसैको मतदाता नामावली परिचयपत्र छैन । जस्ले गर्दा राज्य दिने विभिन्न सेवा सुविधाहरुबाट बञ्चित हुदैँ आउनुभ भएको राजपुर गाउँपालिका वडा नम्बर ७ का वडासदस्य लिलाराम विकले बताउनुभयो । उहाँहरुको आफ्नो बोली दिने मान्छे कोही नभएकै कारण राजपुर गाउँपालिका वडा नम्बर १ देखि ७ नम्बर वडाका सबै मतदाता नामावली परिचयपत्र बनाउन छुटेकाहरुलाई लिएर इलाका प्रशासन कार्यालय लमही आएको वडासदस्य विकले बताउनुभयो ।
‘वडा नम्बर १ को वडा कार्यालयबाट वडासदस्य गोमा अधिकारी र ७ नम्बर बाट म लिलाराम विकले एउटा गाडिको व्यवस्था गरेर अहिले मतदाता नामावली परिचयपत्र, नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउनको लागि पचासजना स्थानीयहरुलाई लिएर आएका छाँै, विकले भन्नुभयो ।’ तीनदिन भयो, जनताको काममा अहोरत्र खटेका छाँै । जनताको काम गर्दा छुट्टै आनन्दको महशुस भएको छ । प्रत्येक दिन लैजाने र ल्याउने गरेका छाँै । जनताहरुलाई खाना र बस्नको पनि व्यवस्था गरिएको छ । कहिलेसम्म खट्ने हो थाहा छैन । २०७४ सालमा स्थानीय तहका चुनावमा गोमा अधिकारी राजपुर गाउँपालिका वडा नम्बर १ र लिलाराम विक राजपुर गाउँपालिका वडा नम्बर ७ माओवादी केन्द्रबाट निर्वार्चित जनप्रतिनिधि हुनुहुन्छ । उहाँ दुबैजना गाउँपालिकाको न्यायिक समितिमा रहेर काम गर्दै आउनु भएको छ । यता राजपुर गाउँपालिका माओवादी केन्द्रले नाकाका छुटेकाहरुको मतदाता नामावली परिचयपत्र बनाउदैँ आएको राजपुर गाउँपालिका माओवादी केन्द्र कार्यालय सदस्य भिम वलीले जानकारी दिनुभयो ।
सबै स्थानीय तहको केन्द्रबाट मतादता नामावली संकलन गर्ने
निर्वाचन आयोगले मंसिर १७ गतेदेखि विशेष अभियानका रुपमा मतदाता नामावली संकनल गर्ने भएको छ । त्यस्तै आउँदो चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्नुपर्ने अवस्थामा निर्वाचनको मिति तोकिनु अघि नै आयोगले मतदाता नामावली संकलनका लागि अभियान सञ्चालन गर्ने भएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिकग्राम शर्माका अनुसार सबै स्थानीय तहको केन्द्रबाट मतादता नामावली संकलन हुने छ । आयोगले मतदाता नामावली गर्न हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म र तराई, भित्री मधेश तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन गर्ने भएको छ । आयोग हाल ७७ वटै निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन र ४० वटा इलाका प्रशासन कार्यालयमार्फत पनि मतदाता नामावली संकलन गरिरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्