पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ५० हजार ४४१ जना कोरोनामुक्त – Kanika Khabar
Friday, April 19Nepali News Portal

पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ५० हजार ४४१ जना कोरोनामुक्त

    मा प्रकाशित

एजेन्सी ।
पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ५० हजार ४४१ जना कोरोनामुक्त भएका छन् ।

ओल्डोमिटरको तथ्यांकअनुसार यही अवधिमा ७ हजार ५ सय जनाको मृत्यु भएको छ ।

त्यसैगरी थप ६ लाख १४ हजार १९९ जनामा संक्रमण पुष्टि भएको हो ।

जसअनुसार अमेरिकामा मात्रै ९४ हजार ८८३ जना थपिदा निको हुनेको संख्या ५७ हजार ४११ रहेको छ । त्यहाँ एकैदिन एक हजार ४४४ जना संक्रमितको मृत्यु भएको छ ।

रुसमा ३३ हजार थपिँदा ४२ हजार बढी संक्रमणमुक्त भए । पछिल्लो दिन एक हजार २४० जनाले कोरोनाका कारण ज्यान गुमाए ।

यसअघि बुधबार ५ लाख २५ हजार ७२६ जना कोरोना संक्रमित थपिएका थिए ।

युरोपमा कोरोना भाइरसको दैनिक संक्रमण दर बढेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्