काङ्ग्रेस अधिवेशन दाङ : तीन पूर्व जिल्ला सभापतिहरु महाधिवेशन प्रतिनिधिमा पराजित – Kanika Khabar
Thursday, April 25Nepali News Portal

काङ्ग्रेस अधिवेशन दाङ : तीन पूर्व जिल्ला सभापतिहरु महाधिवेशन प्रतिनिधिमा पराजित

    मा प्रकाशित

दाङ,मंसिर ९ ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दाङका ३ जना पूर्व जिल्ला सभापतिहरु महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । कांग्रेसका पूर्व सभापति बिरकेसरी गौतम, घनश्याम रेग्मी र मोहनलाल ओली पराजित भएका हुन् ।

ओली तत्कालीन प्रजातान्त्रीक कांग्रेसका जिल्ला सभापति हुन् । गौतम र ओली दाङ क्षेत्र नम्बर २ बाट पराजित भए भने रेग्मी दाङ ३ बाट पराजित भएका हुन् । यसैगरी महासमिति सदस्य हरिप्रसाद रजौरिया पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

यसैगरि कांग्रेसका दुईजना पूर्व जिल्ला सचिव पनि पराजित भएका छन् । पूर्वसचिवहरु ध्रुव ज्ञवाली र दिपककुमार रेग्मी पराजित भएका हुन् । गत प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका भरतबहादुर न्यौपाने पनि पराजित भए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्