नयाँ नेतृत्व युवा पिढीलाई : माओवादी प्रवक्ता महरा – Kanika Khabar
Friday, April 19Nepali News Portal

नयाँ नेतृत्व युवा पिढीलाई : माओवादी प्रवक्ता महरा

    मा प्रकाशित

खेमराज रिजाल
देउखुरी, १० मंसिर ।

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य, पार्टीका प्रवक्ता तथा पूर्व सभामुख कृष्णबहादुर महराले अवको नयां नेतृत्व युवापुस्तालाइ सुम्पने बताएका छन् । मुलुक हाक्न अव नयां सोचको आवस्यकता भएको भन्दै उनले यस्तो अभिव्यक्ति दिएका छन् । देशमा विद्यमान उदार पुँजीवादको अन्त्य गरी राष्ट्रि«य पुँजीवाद निर्माण गर्न आवश्यक रहेको उनको अभिव्यक्ति थियो ।

दाङ देउखुरीको राप्ती गाउँपालिकामा प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश समितिको दोस्रो सम्मेलनलाई आज सम्बोधन गर्दै पूर्व सभामुख महराले सो कुरा बताएका हुन् । वर्ग दुस्मन, साम्राज्यवाद र पुँजीवादको अन्त्य नहुँदासम्म देशको मुहार नफेरिने बताए । उनले राष्ट्रको सवालमा माओवादी केन्द्रले विप्लप समूह, जनता समाजवादी पार्टी, राजमो लगायतका पार्टी सँग एकता गर्न खोजेको समेत बताए ।

त्यसैगरी महराले पार्टीमा नयाँ नेतृत्वका लागि युवा पिढीलाई नै नेतृत्व दिने समेत बताए । पार्टीका प्रवक्ता समेत रहेका महराले आफ्नो पालामा हातहातमा मोबाइल, घर–घरमा नेटको नारा ल्याएको र आज त्यो नारा पूरा भई सञ्चारको क्षेत्रमा ठूलो विकास भएको बताए । त्यसैगरी सम्मेलनका विशेष अतिथि तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले भालुवाङमा कृष्णसेन इच्छुकको ट्रेनिङ सेन्टर बनाउनुपर्ने बताए । सञ्चार क्षेत्रको विकासका लागि पनि सेन्टर निर्माण गर्न आवश्यक रहेको बताए ।

मुख्यमन्त्री केसीले पार्टीको आगामी प्रदेश सम्मेलन स्थायी राजधानी देउखुरीमै गर्ने समेत बताए । उनले लुम्बिनी प्रदेश गौतम बुद्धको नामले परिचित भएको र देशकै नमुना राजधानी बन्न लागेकाले स्थायी राजधानीमा बन्न लागेको संरचना हेर्न विदेशीहरु आउन खोजेको समेत बताए । कार्यक्रममा वरिष्ठ पत्रकार तथा नेपाल प्रेस काउन्सिलका पूर्व अध्यक्ष नारायण प्रसाद शर्माले लोकतन्त्र शब्दजालमा मात्रै रहेको बताउँदै लोकतन्त्रको प्राणप्रतिष्ठा हुन नसकेको अभिव्यक्ति दिए । राजनीति बिग्रिएकै कारण पत्रकारिता पनि बिग्रिएको बताउँदै शर्माले सस्तो भाषण र फूलमालाले मात्र मुलुकको समृद्धि नहुने बताए ।

सो अवसरमा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्यले लुम्बिनी प्रदेशले ल्याएको सञ्चार विधेयक तत्काल फिर्ता लिन वा आवश्यक संशोधन गरेर मात्र पारित गर्न सुझाव दिए । कार्यक्रममा माओवादी नेतृ दामा शर्मा, जगप्रसाद शर्मा अपार, पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जीएम, समाजवादी प्रेस संगठनका दीपक अनुरागलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रेस सेन्टर लुम्विनी प्रदेशका अध्यक्ष तथा सम्मेलन आयोजक समितिका संयोजक मानसिंह विकको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चार क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्ने अग्रज व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । पाण्डव शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव रुद्रहरि कुँवरले गरेका थिए ।

सूचनाको हकसम्बन्धी अन्तक्र्रिया

यसैबीच सम्मेलनअघि सूचनाको हक र सञ्चार सवलीकरण विषयक अन्तत्र्रिmया कार्यक्रम दाङ देउखुरीको मसुरियामा सम्पन्न भएको छ । राप्ती गाउँपालिकाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमलाई सहजीकरण गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय पूर्व अध्यक्ष गोविन्द आचार्यले सूचनाको हक प्रयोग गर्दा कतिपय कुराहरू गोप्य राख्नुपर्ने भएकोले दिन मिल्ने सूचना सजिलै दिन सकिने बताए । कतिपय सूचनाहरू व्यक्तिसँग पनि जोडिने भएकोले दिन नमिल्ने बताए । कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, सञ्चार विज्ञ गोविन्द रोकालगायतका वक्ताहरूले भनाइ राखेका थिए ।

राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालको स्वागतबाट सुुरू भएको कार्यक्रमको सञ्चालन गाउँपालिकाका सूचना अधिकारी विश्वास विकले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्