पर्यटकको पर्खाइमा कोइलाबास नाका – Kanika Khabar
Thursday, April 25Nepali News Portal

पर्यटकको पर्खाइमा कोइलाबास नाका

    मा प्रकाशित

शिवु खनाल
कोइालबास नाका, १० मंसिर।
नेपाल सांस्कृतीक विविधता तथा प्राकृतिक सुन्दरताले सजिएको मुलुक हो । विविध प्राकृतिक एवं सांस्कृतिक महत्वले भरीएका नेपालका जिल्लाहरु मध्ये दाङ पनि एक हो । जिल्लाको लमही नगरपालिका हुदँै गढवा गाउँपालिका वडा नम्बर ८ मा कोइलाबास नाका रहेको छ । जसलाई राप्तीको प्रवेशद्धारका रुपमा लिइन्छ । लमही देखि कोइलाबास नाका ३३ किलोमिटर क्षेत्रको दुरीमा रहेको छ । जहाँ जनकपुर धामपछिको नेपालकै दोस्रो ठूलो रामजानकी मन्दिर लगायत विभिन्न पर्यटकीय स्थलमा पुग्नसकिन्छ । छिमेकी राष्ट्र भारतसंग जोडिएको कोइलाबास नाका राप्तीको प्रवेशद्धार हो । लमही देखि कोइलाबास नाका सडक खण्ड कालोपत्रे भएपछि बाउ बाजेले नुन बोकेको भन्दै दाङ जिल्ला सहित छिमेकी जिल्लाबाट पर्यटकहरु कोइलाबास नाका पुग्ने गरेको पाइन्छ । करिब दुइसय भन्दा बढि घरधुरी रहेको यस कोइलाबास नाकामा सवै समुदायको बसोबास रहेको छ ।
पर्यटकीय आर्कषणहरु
भारतसंग जोडिएको दाङको कोइलाबास नाका विभिन्न सौन्दर्यताले भरीएको एक गन्तव्य हो । भौगोलिक सुन्दरता र यहाँ रहेको जनकपुर धाम पछिको नेपालकै दोस्रो ठूलो रामजानकी मन्दिर दर्शन, सीमावर्ति क्षेत्रमा रहेको नेपाल प्रवेशद्धारा गेटमा तस्विरहरु कैद गर्न घुम्न आउने गर्छन् । कोइलाबास नाकामा आन्तरिक तथा बाहर्य पर्यटकहरुको निकै घुइचो लाग्ने गर्दछ । विशेषगरी भारतको दिल्ली, मुम्बई, गोण्डा, लखनौन तुलसिर लगायतका विभिन्न क्षेत्रबाट नेपालमा रहेको ठूला—ठूला पहाड हेर्न विभिन्न भारतीय पर्यटकहरु आउने गरेको गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकिले बताउनभयो ।
कोइलाबास नाका अहिले आन्तरिक तथा बाहर्य पर्यटकलाई लक्षित गरेर भ्यूटावरको निर्माण गरिएको छ । उक्त भ्यूटावरबाट कोइलाबास नाकाका विभिन्न नमुनाका गाउँ बस्तीहरु निहाल्ने र परम्परागत शैलीका घर, गाउँले परीवेश र जिवनशैली नजिकदेखि अध्ययन गर्न पाउनुको साथै राप्तीको प्रवेशद्धार देखि लिएर जनकपुर धामपछिको नेपालकै दोस्रो ठूलो रामजानकी मन्दिर लगाएतका भग्नावशेष दृश्यहरु अवलोकन गर्न सकिनेछ । लमही गढवा हुदैँ कोइलाबास नाकाको यात्रामा निस्किएपछि पर्यटकीय क्षेत्र प्रस्ट देखिनुका साथै यहाँदेखि विभिन्न जिल्लाका मनमोहक दृश्यहरु पनि देख्न सकिन्छ ।
जैविक विविधताले भरीपूर्ण कोइलाबास नाका जहाँ वडा कार्यालयको आर्थिक सहयोगमा प्रत्येक वर्ष रामसिता विवहा महोत्सव लाग्ने गर्दछ । उक्त महोत्सवको दृश्य अवलोकनको लागि भारत लगायतका विभिन्न जिल्लाहरुबाट आन्तरिक तथा बाहर्य पर्यटकहरुको रामजानकी मन्दिरमा घुइचो लाग्ने गरेको वडाध्यक्ष सद्दाम सिद्दिकिको भनाइ छ । कोइलाबास नाकाको दृश्यले आन्तरिक पर्यटकहरुलाई मात्रै नभइ बाहर्य सवै पर्यटकलाई मोहित पार्नुका साथै विभिन्न प्रजातीका चराचुरुङ्गी, जीवजनावर, जडिवुटी आदीले थप सौन्दर्य थपेको आभास जो कोहीलाई हुन्छ । धार्मिक रुपमा पनि कोइलाबास बजार देखि नजिकै करिब एक किलोमिटरको दुरीमा रहेको प्रसिद्ध रामजानकी मन्दिर धार्मिकस्थल पुग्न सकिन्छ ।
पर्यटन प्रवद्र्धनका लागि गरिएका प्रयासहरु
भारतसंग जोडिएको दाङको राप्तीद्धार (कोइलाबास नाका) क्षेत्रको विकास र प्रवद्र्धनका लागी स्थानीय देखि लिएर वडा सरकार र गाउँपालिकाकाले प्रत्येक वर्ष विभिन्न गतिविधि संचालन गर्दै आएको छ । वडाले कोइलाबास क्षेत्र सरसफाई कार्यक्रम, गोरेटो पैदलबाटो निमार्ण लगाएतका कार्यक्रम र गतिविधिहरु सन्चालन गर्दै आइरहेको छ । साथै यस क्षेत्रको थप विकासकालागी पर्यटकलाई लक्षित गरेर भ्यूटावरको निर्माण गरि संचालनमा ल्याइएको छ ।
सम्भावना र समस्याहरु
कोइलाबास नाका क्षेत्र विभिन्न सौन्दर्यतामा मात्र धनी नभइकन ऐतिहासीक स्थल पनि भएकाले यस क्षेत्रको सरंक्षण, प्रवद्र्धन गर्न जरुरी देखिन्छ । पर्यटनका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायहरुसंग समन्वय गरी आन्तरीक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि गर्न सके यस क्षेत्रको विकास र प्रवद्र्धनमा टेवा पुग्ने देखिन्छ । कोइलाबास बजार क्षेत्रका कच्चि सडक र गोरेटो बाटोको कालोपत्रे वा मर्मत, खानेपानीको व्यवस्था, पिकनिक स्पोटको उचित व्यवस्था, सरंक्षित क्षेत्रमा तार जालिको व्यवस्था, स्वास्थ्यको व्यवस्था र व्यवसायिक खेति आदीको प्रचार प्रसारमा ध्यानदिन सके जिल्लामै एक उत्कृष्ट पर्यटकिय गन्तव्य बन्नेमा कुनै शंका देखिदैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्