`मास्क म्यान´ बिरूकाे जिल्ला सदस्य रेस – Kanika Khabar
Friday, March 29Nepali News Portal

`मास्क म्यान´ बिरूकाे जिल्ला सदस्य रेस

    मा प्रकाशित

मंसिर १०, दाङ ।

नेपाली काङ्ग्रेसको चाैधाै महाधिवेशनकाे सरगर्मी देशव्यापी छाएकाे छ । दाङ जिल्ला काङ्ग्रेस पनि भाेलि ११ गते हुने जिल्ला अधिवेशनमा जुटेको छ ।

काेराेना भाइरस सङ्क्रमण उच्च रहेका बेला सचेतना तथा सतर्कता मुलक कार्यक्रम लिएर जनताका घरघर मास्क अभियान चलाएका बिरबहादुर खत्री `विरू´ यतिबेला जिल्ला सदस्यकाे दाैडमा उत्रिएका छन् ।

नेपाली काङ्ग्रेसकाे भातृ संगठन नेविसंघ हुँदै राजनीतिक धारमा उदाएका बिरू सामाजिक अभियानमा पनि उत्तिकै उचाइ लिइरहेका छन् । राजनीति राजनीतिभन्दा बढी समाजनितिममा तल्लीन रहेका बिरू राजनीतिमा पार्टीका लागि सधैं रक्षात्मक राेल खेल्दै आएका छन् । राजनीतिमा हराउँदै गएकाे समाजसेवालाई राजनीतिकाे लेपनका रूपमा नभई मेरुदण्डका रूपमा रहनुपर्छ भन्ने मान्यताका साथ हरेक क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

काेराेना समयमा काेराना सङ्क्रमणका कारण छटपटाइरहे सङ्क्रमितहरूका आशाका केन्द्र मात्र हाेइन, विपदमा परेकाका लागि साहरा, असहायका लागि सहाय बन्दै आएका बिरू समस्याका सँघार सँघारमा पुग्दै आएका छन् । काेभिडकाे उच्चतम सङ्क्रमणकाे समयमा अस्पताल बाहिर रातभरि अनिदाे बसेर कतै समस्या आइपर्छ कि भनी चनाखाे भएर समस्या सामना गर्न सधै तत्पर रहे ।

हरेक राजनीतिक दलका नेताका ढाेकामै पुगेर मास्क उपलब्ध गराउन लागिपरेका बिरू अहिले आप्नाे भाेट बैंक भरिभराउ बनाउन लागिपरेका छन् । हरकाेहीलाई पनि समस्या पर्दा समस्याका अगाडि ठिङ्ग भएर उभिने बिरू जिल्ला सदस्यका सबैभन्दा बलिया उम्मेदवार भएकाे चर्चा पार्टी पङ्तिमा चलेकाे छ । त्यसाे त पपुलर भाेटका साथ उनी निर्वाचित हुने आँकलन मतदाताहरूका बिचमा बाक्लिन थालेकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्