आगामी चुनाबबाट एमाले पार्टी पहिलो : अध्यक्ष ओली – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आगामी चुनाबबाट एमाले पार्टी पहिलो : अध्यक्ष ओली

    मा प्रकाशित

मंसिर १०, चितवन ।
नेकपा एमालेको दशौं महाधिवेशन चितवनमा सुरु भएको छ । आज दशौं हजार नेता कार्यकर्ताका बीचमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुभयो । महाधिवेशनमा देशभरका नेता कार्यकर्ताको सहभागिता रहेको थियो भने प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्र, राप्रपा , जनमोर्चा लगाएत दलका पार्टीका नेताहरू पनि सहभागि रहेका थिए ।

महाधिवेशन उद्घाटन शत्रलाइ सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनाबबाट आफ्नो पार्टी पहिलो हुने दाबी गर्नुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना गर्दै अध्यक्ष ओलीले हजारौ जनयुद्धका लडाकुहरू अब एमालेमा प्रवेश गर्ने दाबी गर्नुभयो । सबैको सहयोगमा आगामी चुनाबमा पहिलो पार्टी बन्ने र बाँकी रहेका बिकास निर्माणका काम पनि सम्पन्न गर्ने अध्यक्ष ओलीले बताउनुभयो । उहाँले आफु सरकारमा हुँदा गरेका कामहरुको फेहरिस्त पनि सुनाउनुभएको थियो ।

देशको सार्वभौमसत्ताको रक्षा र विकासका लागि एमालेको एकल बहुमत चाहिएको भन्दै उहाँले महाधिवेशनपछि आफ्नो पार्टी चुनावको तयारीमा लाग्ने पनि बताउनुभयो । सम्बोधनका क्रममा अध्यक्ष ओलीले बर्तमान सरकारको आलोचना भने खासै गर्नुभएन । प्रधानमन्त्री देउवालाइ कार्यक्रममा निम्तो गरेर सरकारको टिप्पणी गर्नु शोभनिय नहुने बताउनुभएका अध्यक्ष ओलीले सरकारले चाहेर पनि काम गर्न नसकेको हुन पनि सक्ने बताउनुभयो । महाधिवेशन सफल भएको दाबी गर्दै अध्यक्ष ओलीले देशभरबाट सहभागि भएको र सघाएकोमा नेता कार्यकर्तालाइ धन्यवाद भन्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्