कांग्रेसको महाधिवेशन : जिल्लाको नेतृत्वका लागि चार जनाको उम्मेदवारी – Kanika Khabar
Friday, April 19Nepali News Portal

कांग्रेसको महाधिवेशन : जिल्लाको नेतृत्वका लागि चार जनाको उम्मेदवारी

    मा प्रकाशित

दाङ, १० मंसिर ।

नेपाली कांग्रेसको १४औै महाधिवेशनअन्तर्गत जिल्ला सभापतिका लागि चारजनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला सभापतिका लागि बर्तमान कार्यसमितिका सचिव शंकरप्रसाद डाँगी, पूर्व जिल्ला सचिव कमलकिशोर घिमिरे, देउखुरीलाई कार्यक्षेत्र बनाएका नेता जानकीलाल बस्नेत र दाङ निर्वाचन क्षेत्र नं. २ का निवर्तमान क्षेत्रीय सभापति भूपबहादुर डाँगीले सभापतिमा उम्मेदवारी दिएको जिल्ला निर्वाचन समितिका कार्यवाहक संयोजक युवराज बस्नेतले जानकारी दिएका छन् ।

त्यसैगरी उपसभापतिमा वर्तमान उपसभापति कमानसिंह भारती, एकराज आचार्य, गिरिराज सुवेदी, प्रदीपकुमार खड्का, बुद्धिप्रकाश चौधरी, मिनकेतन चौधरी र यज्ञबहादुर वली ‘सुबास’ले उम्मेदवारी दिएका छन् । त्यस्तै सचिवमा अर्जुनकुमार योगी, कृष्णप्रसाद सुवेदी, बालिका लम्साल र सूर्यप्रकाश राणाको उम्मेदवारी परेको छ भने सहसचिवमा भूपबहादुर भण्डारी, राजु आचार्य, लक्ष्मी योगी, सुबाधेकुमार डाँगी, हरिप्रसाद भुसालले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी जिल्ला सदस्यमा घोराही उपमहानगरपालिकाबाट महिला सदस्यमा घना डि.सी., छविकुमारी बस्नेत, निरजा पोख्रेल, मञ्जु बज्राचार्य र खुल्ला सदस्यहरुमा रेखबहादुर वली ‘देउता’, बीरबहादुर खत्री ‘बीरु’, भोला अधिकारी, सरोज शाह, सुवास पोख्रेल, प्रकाश सुवेदी, रेवतीप्रसाद घिमिरेले उम्मेदवारी दिएका छन् । त्यस्तै तुलसीपुर उपमहानगपालिकाबाट महिला सदस्यमा चम्पा वि।क।, पवित्रा धिताल, पुष्पाकुमारी डाँगी र मनिकर्ण न्यौपाने कँडेल र खुल्ला सदस्यहरुमा गेहेन्द्र वली, नेत्रलाल भट्टराई ताराप्रसाद कार्की, घनश्याम भण्डारी, यज्ञबहादुर बस्नेत, सुरेन्द्र बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी लमही नगरपालिकाबाट महिलातर्फ पार्वतीदेवी थापा, राधादेवी के.सी. र खुल्ला सदस्यमा कालिचरण चौधरी, पूर्णबहादुर बस्नेत, लिलाराम खनाल, सुमन खड्काले उम्मेदवारी दिएका छन् भने राप्ती गाउँपालिकाबाट महिला सदस्यमा उमा चौधरी, सोनु भण्डारी र खुल्ला सदस्यमा गोवद्र्धन रावत, सुशीलकुमार बस्नेतले उम्मेदवारी दिएका छन् ।

त्यस्तै गढवा गाउँपालिकाबाट महिला सदस्यमा विष्णुमाया घिमिरे, मिना शाह र खुल्ला सदस्यमा कृष्ण गिरी, विकास वि.सी.ले उम्मेदवारी दिएका छन् । त्यस्तै राजपुर गाउँपालिकाबाट  खुल्ला सदस्यमा कृष्णबहादुर बस्नेत, केशवराम अहिर यादव र धर्मी यादवले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी दंगीशरण गाउँपालिकाबाट महिला सदस्यमा नीमा चौधरी र खुल्लामा पद्मा चौधरी, शंकर शर्मा, शोभाकर न्यौपानेले उम्मेदवारी दिएका छन् भने शान्तिनगरबाट महिला सदस्यमा खुमकुमारी बोगटी, विपना रोका उम्मेदवारी दिएका छन् । त्यस्तै बबईबाट महिला सदस्यमा कुन्ती डि.सी., प्रेमकुमारी डाँगी र खुल्ला सदस्यमा गंगाराम खत्री र टंकसिंह बुढाथोकीले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी खस आर्य महिलातर्फ केशरा पोख्रेल, छवि वली, नोखी रावत, विमला शर्मा, शान्ता पाण्डे, हेमलता पोख्रेलले उम्मेदवारी दिएका छन् भने खस आर्य खुल्लामा हेमकुमार उपाध्याय, उमाकान्त पन्त, गणेशबहादुर वि.सी., गौरव आचार्य, जगतबहादुर थापा, ध्रुव गौतम, ध्रुव आचार्य, नारायणप्रसाद अधिकारी, निर्मल न्यौपाने, भागवत आचार्य, मुमबहादुर के.सी., लक्ष्मणकुमार रेग्मी, हरि सुवेदी ‘जरा’ र हर्कबहादुर खत्रीले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै आदिवासी जनजाति महिलातर्फ  तुलसीराम राना, रमेशकुमार श्रेष्ठ, सुरेशकुमार श्रेष्ठ, दलित खुल्लातर्फ खेमराज विश्वकर्मा, प्रबल रसाइली, सोमराज सुनार र पदम नेपालीको उम्मेदवारी परेको छ । त्यस्तै थारु महिला सदस्यमा चेतना चौधरी, पवित्रा चौधरी, बृजा चौधरी, मानु कुमाल, शान्ति चौधरी र खुल्ला थारुतर्फ गद्दुलाल चौधरी, चेतराम चौधरी, प्रभुनारायण चौधरी, भागीरथ चौधरी, मोहनकुमार चौधरी, श्रीप्रसाद चौधरीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै मधेशी, मुस्लिम, अल्पसंख्यक, अपांग खुल्लातर्फ राजकुमार धिताल, शालिकराम यादव उम्मेदवारी दिएको निर्वाचन समितिले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्