थप २ सय ७० जनामा कोरोना भाइरस सङ्क्रमण – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

थप २ सय ७० जनामा कोरोना भाइरस सङ्क्रमण

    मा प्रकाशित

मंसिर १०, दाङ ।
गत २४ घण्टामा देशभर २ सय ७० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार ४ सय ४६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ सय ४२ तथा एन्टिजेन विधिबाट २८ जनाको सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय २ जना सङ्क्रमण मुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमति मध्ये ८ लाख १ हजार ७ सय २२ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको छ । हाल देशभर ७ हजार २ सय ८७ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोना सङ्क्रमणका कारण थप २ जनाको मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्