सहिद र बेपत्ता परिवार छाेड्न सक्दैन, (माओवादी केन्द्र) मै छु : नेता झाक्री – Kanika Khabar
Friday, April 19Nepali News Portal

सहिद र बेपत्ता परिवार छाेड्न सक्दैन, (माओवादी केन्द्र) मै छु : नेता झाक्री

    मा प्रकाशित

शिवु खनाल
दाङ, ११ मंसिर ।
(माओवादी केन्द्र) राजपुर गाउँपालिकाका नेता श्यामबहादुर झाक्रिले आफु (माओवादी केन्द्र) रहेको बताउनुभएको छ । शनिबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राजपुर गाउँपालिकाकाे दाेस्राे गाउँपालिका सम्मेलनमा बाेल्दै नेता झाक्रिले आफु (माओवादी केन्द्र) मा रहेको बताउनुभयो ।

`३३ वर्षसम्म कतै दायाँबायाँ नगरेको मान्छे कहिलेकाही तलमाथि मात्रै भएकाे हाे । म आफ्नै (माओवादी केन्द्र) पार्टीमा छु, नेता झाक्रिले भन्नुभयो,-। `वर्षाै जनयुद्धकाे लडाइँमा लामाे यात्रा गरेको मलाई राम्रोसँग याद छ । जनयुद्धमा ज्यान गुमाउनु भएका महान शहीदलाई भुलेर कसरी बाटाे विराउला म ? म शहीद परिवार र बेपत्ता परिवारलाई छाेड्न सक्दैन ।´

नेता झाक्रि (माओवादी केन्द्र)का जिल्ला कमिटी सदस्यमा रहेर पार्टीको काम गर्दै आउनु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्