राजपुर गाउँपालिकाकाे दाेस्राे गाउँपालिका सम्मेलनबाट अध्यक्षमा चक्रबहादुर खड्का (शिखर) निर्वाचित – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

राजपुर गाउँपालिकाकाे दाेस्राे गाउँपालिका सम्मेलनबाट अध्यक्षमा चक्रबहादुर खड्का (शिखर) निर्वाचित

    मा प्रकाशित

शिवु खनाल
दाङ, ११ मंसिर
राजपुर गाउँपालिकाकाे दोस्रो गाउँ सम्मेलनबाट अध्यक्षमा चक्रबहादुर खड्का (शिखर) निर्वाचित हुनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)ले देशभर ७५३ वटा पालिकाहरुमा एकैपटक पालिका सम्मेलन समापन गरेकाे छ ।

शनिबार दाङ देउखुरी राजपुरमा भएको सम्मेलनले गाउँपालिका अध्यक्षमा चक्रबहादुर खड्का (शिखर) लाई निर्विरोध निर्वाचित गरेको छ । सम्मेलनबाट खड्काकाे अध्यतामा ४९ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै समितिको उपाध्यक्ष भाेगेन्द्रसिंह राजपुत, श्यामबहादुर राेका, महिला उपाध्यक्ष लक्ष्मीदेवि चाैधरी, सचिव विष्णुप्रसाद यादव, सह-सचिव दिलमती वलि, काेषाध्यक्ष भिमबहादुर वलि निर्वाचित भएका छन् ।

सम्मेलन (माओवादी केन्द्र) स्थायी कमिति सदस्य, पूर्वसभामुख कृष्णबहादुर महराकाे प्रमुख आतिथ्यतामा समपन्न भएकाे थियाे । माओवादीले पहिलोपटक निर्वाचन प्रणालीबाट मतदाता नामावली र मनोनय दर्तासहित सम्मेलन गर्दै राजपुर गाउँपालिकामा निर्विरोध नेतृत्व चयन गरेको हाे ।

यस्तै गाउँपालिकाकाे दाेस्राे सम्मेलनबाट प्रदेश सम्मेलनकाे लागि छजना निर्विरोध नेतृत्व चयन भएका छन् । जस्मा मिश्रिलाल गुप्ता, रामप्रसाद यादव, बेदुराम सुनार, चक्रबहादुर खड्का (शिखर) भिमबहादुर वलि, पुष्पा यादव, रहनु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्