नेपाली काङ्ग्रेस महाधिवेशन : दाङ जिल्ला सभापतिमा शंकर – Kanika Khabar
Thursday, March 28Nepali News Portal

नेपाली काङ्ग्रेस महाधिवेशन : दाङ जिल्ला सभापतिमा शंकर

    मा प्रकाशित

मंसिर १२, दाङ ।
दाङ जिल्लाकाे सभापतिमा शंकर डाँगी निर्वाचित भएका छन् । हिजाे शनिबार भएकाे निर्वाचनमा शंकर डाँगीले ७७६, र भूप बहादुर डाँगीले ५४५ मत लिएरका थिए । त्यस्तै सभापतिका उम्मेदवार जानकीलाल बस्नेतले ४७१ र कमल किशोर घिमिरेले ३१५ मत लिएका थिए ।

प्रथम हुने उम्मेदवारकाे ५१% मत नआएपछि सभापतिकाे लागि आज आइतबार पु:न निर्वाचन हुने भनिएकाे भए पनि सहमति पश्चात् शंकर जिल्ला सभापति भएकाे हुन् । भूपबहादुर र शंकरबीच भएकाे समहतिपश्चात शंकर सभापति भएका हुन् । भूपबहादुरले शंकरलाई सभापतिमा समर्थन गर्दै उम्मेदवारी फिर्ता   लिएपछि शंकरलाई सभापति घाेषणा गरिएकाे हाे ।

समहति घाेषणाकाे प्रतिक्षामा कार्यकर्ता

शंकरकाे राजनीतिक यात्रा                                           विद्यार्थी राजनीतिबाट राजनीतिमा `डेब्यु´ गरेका डाँगी पार्टीका लागि जहिले पनि `हक्की´ स्वभावका रूपमा उभिन्छन् । तेह्राैँ महाधिवेशनमा लाेकप्रिय मत लिएर जिल्ला सचिवमा निर्वाचित भएका डाँगी यसपालिको अधिवेशनमा सभापतिका रूपमा उभिएका छन् । उनी सभापतिका लागि बलियाे उम्मेदवार मानिन्छन् ।

नेविसंघकाे साविक बाघमारे गाविसकाे सचिव भएर संगठन बिस्तार गर्दै आएका डाँगीकाे सांगठनिक कुशलताका कारण पनि नेविसंघ क्षेत्र नं. ३ का क्षेत्रीय सचिव रहेर काम गरिसकेका छन् ।२०५५ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङका स्ववियु सभापति भएका डाँगी २०५७ सालमा नेविसंघ दाङका जिल्ला अध्यक्ष भएर नेतृत्व गरिसकेका छन् । २०५९ सालमा नेविसंघकाे केन्द्रीय सदस्य भएर राजनीतिक यात्रालाई केन्द्रीय राजनीतिसँग जाेड्न उनी सफल भए । पार्टीको बाह्राै अधिवेशनमा जिल्ला सदस्य भएका डाँगी भएका डाँगी साेही कार्यकालमै सचिवमा मनाेनित भएका हुन् । तेह्राै अधिवेशनमा सचिवमा निर्वाचित भएका हुन् ।

आन्दोलनकाे अग्रमाेर्चामा रहेर पार्टीका लागि धुरी खाबाे भएर उभिने डाँगी नेतृत्वका लागि काबिल मानिन्छन् । पार्टीका भातृ संगठनमा रहँदा पार्टीका लागि रक्षात्मक भूमिका खेल्दै आएका हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्