एमाले अधिवेशन : आज मतदान – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

एमाले अधिवेशन : आज मतदान

    मा प्रकाशित

मंसिर १३, चितवन ।        केन्द्रीय निर्वाचन आयोगले नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचनको कार्यक्रमको सूचना प्रकाशित गरेको छ । हिजाे आइतबार दिनभर सहमतिमै नेतृत्व चयनको प्रयास गरिए पनि राति अबेर निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।

नेकपा एमालेको सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ ।

केन्द्रीय निर्वाचन आयोगले संशोधनसहितको कार्यतालिका सार्वजनिक गरेको हो । यसअघि आइतबार राति नै मतदाता नामावलीदेखि उम्मेदवारीको काम सक्ने गरी प्रकाशन गरेको निर्वाचन कार्यतालिका तत्कालै संशोधन गरिएको थियो ।

महाधिवेशनबाट निर्वाचित हुने पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्यहरूको निर्वाचन प्रयोजनका लागि पार्टी विधानको अधीनमा रही केन्द्रीय निर्वाचन आयोगको निर्णयअनुसार निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सूचनामा भनिएको छ ।

कार्यतालिकाअनुसार राति ११ बजे केन्द्रीय निर्वाचन समितिले मतदाता नामावली प्रकाशित गरेको छ भने उक्त नामावलीमा दाबी विरोधका लागि १५ मिनेटको समय राखिएको छ । राति ११ः३० मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, राति ११ः३० देखि १२ः२० सम्म उम्मेदवारको दरखास्त फारम वितरण गर्ने, राति १२ः३० सम्म उम्मेदवारको दरखास्त फारम दर्ता गर्ने र १ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

उम्मेदवारको नाम फिर्ताका लागि राति १ः३० देखि २ बजेसम्मको समय तोकिएको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन राति २ः१० मा गरिने र सोमबार बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान गर्ने कार्यतालिका छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्