दाङकाे तुलसीपुरमा पौष १ देखि १२ गते सम्म महोत्सव संचालन हुने – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

दाङकाे तुलसीपुरमा पौष १ देखि १२ गते सम्म महोत्सव संचालन हुने

    मा प्रकाशित

दाङ , १३ मंसिर । तुलसीपुरमा आउदो पौषमा महोत्सव संचालन हुने भएको छ । तुलसीपुर चम्बर अफ कमर्सले सोमवार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आउदो पौष १ गतेदेखी १२ गते सम्म प्रथम एतिहासीक तुलसीपुर महोत्सव २०७८ संचालन हुन लागेको जानकारी दिएको छ । संस्थाको भवन निर्माणार्थ तथा सामाजिक कार्य गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गर्न लागीएको अध्यक्ष टोप बहादुर घर्तिले जानकारी दिनुभयो । साथै उहाले महोत्सवले व्यापार व्यवसाय संगै आर्थिक चलायमान बनाउन तथा सांस्कृतिक तथा आन्तरिक पर्यटन र प्रर्वद्धनमा महत्वपुर्ण टेवा पुग्ने अपेक्षाका साथ महोत्सव संचालन गर्न लागीएको बताउनुभयो ।

यस अघि तुलसीपुर क्षेत्रमा तुलसीपुर उद्योग बाणिज्य संघ लगाएत विभिन्न सामाजिक संघसंस्थाहरुले महोत्सव संचालन गरेको अवगत गराउदै उहाले आफुहरुले पहिलो पटक महोत्सवको आयोजना गर्न लागीएको जानकारी दिनुभयो ।कसैको देखासिकी नभई संस्थाको हित र सामाजिक कार्यमा केहि गरौ भन्ने उद्देश्य आफुहरुको रहेको उहाले बताउनुभयो ।

महोत्सव संचालनका लागी स्थानिय प्रशासनबाट अनुमति समेत लिईसकेको बताउदै उहाले मुल आयोजक समिति गठन गर्नुको साथै विभिन्न उपसमितिहरु समेत गठन भईसकेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । महोत्सवमा तिन करोड आर्थिक कारोवार गर्ने लक्ष्य रहेको उहाले जानकारी दिनुभयो । लक्ष्य प्राप्त गर्न सवैको सहयोग आबश्यक पर्ने भन्दै सक्दो सहयोग गर्न सबैमा अपिल गर्नुभएको छ ।

सो अवसरमा कमर्सका सचिव ऋषिराज भण्डारीले महोत्सवमा आर्थिक पारदर्शिता हुने बताउनुभयो । अनावश्यक खर्च नगरी महोत्सवको लक्ष्य र उद्देश्य पुरा गर्ने प्रतिबद्धता जनाउनु भएको छ । महोत्सव तुलसीपुर स्थित माथिल्नो सिनेमा हलको पुर्व तर्फ खाली जमिनमा हुने आयोजकले जनाएको छ । कार्यक्रमको सहजीकरण महासचिव प्रेमप्रसाद गिरीले गर्नुभएको थियो । सो अवसरमा पत्रकारहरुले स्थानिय उत्पादन,कलाकार, संस्कृतिलाई प्राथमिकता दिन सझुाव दिएका छन् । साथै आर्थिक पारदर्शिता र उद्देश्य अनुसार महोत्सव संचालन गर्नुपर्ने सुझाव दिएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्