नेपाली काँग्रेसको १४ औं महाधिवेशन : प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनको उम्मेदवारी गर्ने मिति फेरियो – Kanika Khabar
Thursday, April 18Nepali News Portal

नेपाली काँग्रेसको १४ औं महाधिवेशन : प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनको उम्मेदवारी गर्ने मिति फेरियो

    मा प्रकाशित

मंसिर १३, दाङ ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनको उम्मेदवारी दर्ताको मिति परिवर्तन भएको छ । यसअघि प्रदेश अधिवेशनका लागि मङ्सिर १५ गते उम्मेदवारी दर्ताको मिति तोकिएकोमा अब १७ गते हुने भएको छ ।

 

काँग्रेस केन्द्रीय महाधिवेशन निर्वाचन समितिका सचिव केशव रिजालले मङ्सिर १६ गते प्रदेश अधिवेशन उद्घाटन हुने र त्यसको भोलिपल्ट अर्थात् १७ गते मात्रै उम्मेदवारी दर्ताको कार्यक्रम तय गरिएको सीआईएनलाई बताउनुभयो । उहाँले केन्द्रीय महाधिवेशनको उम्मेदवारीको मितिपनि परिवर्तन भएको बताउनुभयो । उहाँले यसअघि निर्वाचन समितिले उद्घाटन अघि नै मङ्सिर २१ गते नै उम्मेदवारी दर्ताको मिति तोकेकोमा अब मङ्सिर २५ गतेका लागि तय भएको जानकारी दिनुभयो ।

 

सचिव रिजालले महाधिवेशनको कार्यतालिकामा सामान्य संशोधन भएको भएपनि अन्य सबै कार्यक्रम तोकिएकै मिति र कार्यक्रम अनुसार हुने पनि प्रष्ट पार्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्