कांग्रेस उदयपुर सभापतिमा प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की विजयी – Kanika Khabar
Friday, March 29Nepali News Portal

कांग्रेस उदयपुर सभापतिमा प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की विजयी

    मा प्रकाशित

मंसिर १४, उदयपुर ।
नेपाली कांग्रेस उदयपुर सभापतिमा प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की विजयी भएका छन् ।

मतपरीणम अनुसार कार्की १ सय ७८ मतान्तरले विजयी भएका हुन् । सभापतिमा विजयी कार्की संस्थापन पक्षका हुन् ।

कार्कीले ७ सय ६७ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी पौडेल(कोइराला खेमाका बिदुर बस्नेत ५ सय ८९ मत पाएर पराजित भए ।

जिल्ला कार्य समितिमा संस्थापन पक्षले दुई सदस्यबाहेक सबै पद हात पारेको छ।

उपसभापतिमा भीमचन्द्र राई र बलबहादुर तामाङ निर्वाचित भएका छन् । सचिवमा मुरारी खड्का तथा सहसचिवमा चन्द्रदीप पौडेल र टीकाराम बुढाथोकी विजयी भएका छन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्