लोकतान्त्रिक समाजवादी पार्टी सङ्गठन विस्तार अभियानमा – Kanika Khabar
Friday, April 19Nepali News Portal

लोकतान्त्रिक समाजवादी पार्टी सङ्गठन विस्तार अभियानमा

    मा प्रकाशित

मंसिर १४, दाङ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सङ्गठन विस्तारमा लागेको छ । चुनाव नजिकिँदै गर्दा अन्य पार्टी जस्तै लोसपा पनि सङ्गठन विस्तारको अभियानमा लागेको हो ।

नेता लक्ष्मणलाल कर्णले आफ्नो पार्टी अहिले गाउँ, टोल, जिल्लामा सङ्गठन विस्तारको रणनीतिमा लागेको बताउनुभयो । उहाँले जनता समाजवादी पार्टीसँगको एकतापछि केन्द्रबाहेक अन्य कुनैपनि निकायमा समायोजन नभएका कारण अब सङ्गठन विस्तारमा जुटेको पनि बताउनुभयो ।

जनता समाजवादी पार्टीसँग अलग भएर नयाँ पार्टी बनेपछि लोसपालाई सङ्गठन विस्तारमा चुनौती थपिएको छ । चुनावको मिति नजिकिँदै जादा दलहरू सङ्गठन विस्तारमा केन्द्रीत बनेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्