जनगणनामा छुटेकाहरूले ११७८ मा फोन गरेर विवरण टिपाउन सक्ने – Kanika Khabar
Friday, March 29Nepali News Portal

जनगणनामा छुटेकाहरूले ११७८ मा फोन गरेर विवरण टिपाउन सक्ने

    मा प्रकाशित

मंसिर १४, दाङ ।
केन्द्रीय तथ्याङ्क विभागले १२ औँ राष्ट्रिय जनगणना अवधिमा छुटेकाहरूलाई टोलफ्री नम्बरमा सम्पर्क गरेर सहभागी हुने व्यवस्था मिलाएको छ । विभागले ९ गते भित्र आ आफ्नो स्थानमा भएका तर गणना हुन छुटेका नागरिकलाई ११७८ मा फोन गरेर जानकारी गराउन आग्रह गरेको हो । विभागले नागरिकको सुचनाका आधारमा घरसम्म गणकहरू पठाएर गणना गर्ने व्यवस्था मिलाएको पनि जनाएको छ ।

विभागका निर्देशक ढुण्डीराज लामिछानेले ९ गते पछाडी जन्मिएका र यथास्थानमा नभएकाहरूलाई भने समावेश नगर्ने बताउनुभयो । सरकारले कात्तिक २५ देखि मङ्सीर ५ गतेसम्म १५ दिन गणकहरू घर–घरमा पठाएर तथ्याङ्क सङ्कलन गरेको थियो । छुटेकाहरूको लागि नाम सङ्कलन गर्न अझै केही दिन समय दिने उहाँको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्