डडेल्धुरा काँग्रेसको अनशन स्थगित – Kanika Khabar
Thursday, April 25Nepali News Portal

डडेल्धुरा काँग्रेसको अनशन स्थगित

    मा प्रकाशित

मंसिर १४, डडेल्धुरा ।
क्रियाशील सदस्यता वितरणको बिषयलाइ लिएर असन्तुष्टि जनाउदै अनसनमा बसेका नेपाली काँग्रेस डडेल्धुराका सभापति कर्ण मल्ल सहितका नेताहरुले अनसन स्थगित गरेका छन् । पार्टी कार्यालय सानेपामा जारी अधिवेशनको १४ औं दिनमा उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा उनीहरुले अनसन स्थगित गरेका हुन् ।

डडेल्धुराको मागप्रति आफू सकारात्मक भएको भन्दै उपसभापति निधिले यस बिषयमा आफूले सभापति शेरबहादुर देउवासँग मौखिक र लिखित रुपमै पुनः वडा अधिवेशन गर्न आग्रह गरेको स्मरण गराउनुभयो । जिल्लाबाट सिफारिस भएर आएका क्रियाशील सदस्यको नाम काटेर केन्द्रबाट सिधैं नाम थपेपछि विवाद उत्पन्न भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्