इजरायल जान छनोट भएका उम्मेदवारलाई राहदानी नविकरण गर्न विभागको अनुरोध – Kanika Khabar
Thursday, April 25Nepali News Portal

इजरायल जान छनोट भएका उम्मेदवारलाई राहदानी नविकरण गर्न विभागको अनुरोध

    मा प्रकाशित

इजरायलका दीर्घकालीन स्याहार केन्द्रका लागि छनोट भएका उम्मेदवारहरुलाई आफ्नो राहदानी नविकरण गराउन बैदेशिक रोजगार विभागले सुचित गरेको छ । सन् २०२५ जनवरी ३१ भन्दा अगाडी समयसीमा सकिने राहदानीको नविकरण गर्न विभागले सुचना जारी गरेको हो ।

 

इजरायल जान छनोट भएका उम्मेदवारहरुको प्रवेशाज्ञा जारीका लागि सम्वन्धित निकायमा प्रकृया थालनी गर्ने समयमा राहदानीको समयसीमा सकिन कम्तिमा ३ वर्ष बाँकी रहनुपर्ने भएकाले सन् २०२५ जनवरी ३१ भन्दा अगाडी समय सकिने राहदानीको नविकरण गर्न विभागले आज सुचना जारी गरेको हो । सूचना जारी भएको ५ दिन भित्र जिभागको इजरायल शाखामा नविकरण गरिएको राहदानीको प्रतिलिपि पेश गर्नुपर्ने विभागका महानिर्देशक दिपक काफ्लेले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्