अछाममा बस दुर्घटना, २ जनाको मृत्यु, ३६ बढी घाइते – Kanika Khabar
Thursday, December 8Nepali News Portal

अछाममा बस दुर्घटना, २ जनाको मृत्यु, ३६ बढी घाइते

    मा प्रकाशित

एकेन्द्र खत्री
मंसिर १४, अछाम ।
अछाममा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३६ बढी घाइते भएका छन् । अछाम सदरमुकाम मंगलसैनबाट धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्बरको सुदुरपश्चिम यातायात प्रालिको बस मंगलसैन नगरपालिका वडा नम्बर ४ कैलाश खोला नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी तुल्क्षीराम अर्यालले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार २ जना पुरुषको मृत्यु भएको छ , तर सनाखत हुन भने बाँकी रहेको छ । बसमा कति जना सवार थिए भन्ने एकिन छैन । घाइतेहरूको उद्धार गरेर जिल्ला अस्पताल र बयालपाटा अस्पतालैजाने काम सुरु भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्