एमालेकाे केन्द्रीय कमिटिको पहिलो बैठक सम्पन्न – Kanika Khabar
Friday, March 29Nepali News Portal

एमालेकाे केन्द्रीय कमिटिको पहिलो बैठक सम्पन्न

    मा प्रकाशित

चितवन ,१५ मंसीर । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली दोस्रो पटक निर्वाचित हुनुभएको छ । एमालेको मंगलवार सम्पन्न दशौं महाधिवेशनबाट ओली दोस्रो पटक अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँले अध्यक्षका अर्का प्रत्यासी भिम रावललाइ १ हजार ६ सय १४ मत अन्तरले पछि पार्नुभयो । अध्यक्ष ओलीले १ हजार ८ सय ३७ मत पाउँदा अर्का प्रत्यासी रावलले २२३ मत प्राप्त गर्नुभयो । ओलीले आफू सर्वसम्मत अध्यक्ष हुने गरि कोशिश गर्नुभएको भएपनि रावल पछाडी नहटेपछि मतदान भएको थियो ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेल सर्वसम्मत हुनुभएको छ । उपाध्यक्षमा रामबहादुर थापा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र सुवास नेम्वाङ विजयी हुनुभएको छ । घनश्याम भुसाल भने ७ सय २५ मत ल्याएर पराजित हुनुभयो ।यसैगरी उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध चयन हुनुभएको छ । सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल विजयी हुनुभएको छ ।

सचिव पदका प्रत्यासी भिम आचार्यले १ हजार ३ सय र टङ्क कार्कीले ५ सय भोट ल्याएर पराजित हुनुभएको छ । यसैबीच,महाधिवेशनबाट एमालेले आउँदो चुनावमा धेरै जनादेश सहित राज्यको नेतृत्वदायी पार्टीको रुपमा स्थापित हुने उद्घोष गरेको छ । अहिले राज्यका तीनवटै अंगले नागरिक विश्वास गुमाउँदै गएको ठहर गर्दै एमालेले अघि सारेका योजना रोक्ने, राष्ट्रिय हित र स्वाभिमानमाथि आँच पुग्ने काम नगर्न सरकारको ध्यानाकर्षण पनि गराएको छ । नयाँ केन्द्रिय कमिटिको पहिलो बैठक मंगलवार सौराहमै सम्पन्न भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्