एकै परिवारका ३ जना मृत अवस्थामा फेला – Kanika Khabar
Tuesday, November 29Nepali News Portal

एकै परिवारका ३ जना मृत अवस्थामा फेला

    मा प्रकाशित

दोलखा, १५ मंसिर । दोलखाको तामाकोशी गाउँपालिका—२ झुलेमा एकै परिवारका ३ जना मृत अवस्थामा फेला परेका छन् । बिहान २७ बर्षिय श्याम तामाङ उनीक २५ बर्षिय श्रमिती अम्बिका र ५ दिनको नावालक छोरा मृत अवस्थामा आफ्नै घरमा फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार पाँचदिन अघिमात्रै सुत्केरी भएकी श्रीमती र नावालक छोरालाई न्यानो बनाउन बालिएको गोलका कारण धुवाले निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । घरमा बिहान कोही नउठेपछि छिमेकीले बोलाउन जाँदा मेत अवस्थामा फेला पारेको प्रहरी निरिक्षक अन्जन कोइरालाले बताउनुभयो । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्