कोरोनाको नयाँ स्वरुप सङ्क्रमणबाट बच्न प्रदेश सरकारकाे तयारी – Kanika Khabar
Friday, March 29Nepali News Portal

कोरोनाको नयाँ स्वरुप सङ्क्रमणबाट बच्न प्रदेश सरकारकाे तयारी

    मा प्रकाशित

काठमाडाैँ, १६ मंसीर । कोरोनाको नयाँ स्वरुप सङ्क्रमणबाट बच्न प्रदेश सरकारले तयारी गरेको बताएका छन् । कोरोना भाइरसको ओमिक्रोन स्वरुपको सङक्र्मण हुन सक्ने भन्दै नेपालमा पनि सर्तकता अपनाउन सरकारले आग्रह गरिरहेको छ । हाल सामान्य जनजीवनमा फर्किएको नेपालका लागि नयाँ स्वरुप चुनौतिपूर्ण हुनसक्ने जनस्वास्थ्य विद्हरु बताउँछन् । यस्तोमा प्रदेश १ सरकारले सीमा क्षेत्रमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा कडाई गर्न थालेको छ भने स्वास्थ्य संस्थालाई चुस्त बनाईरहेको छ । कोरोनाको नयाँ स्वरुपबारे प्रदेश २ सरकार सजग रहेको सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा शाखाका डा. मुक्तिनारायण साहले बताउनुभयो ।

ओमिक्रोन स्वरुप नफैलियोस् भनेर सजग रहेको बागमति प्रदेशले पनि आफ्नै किसिमले तयारी गरिरहेको स्वास्थ्यमन्त्री निमा लामाले बताउनुभयो । नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमण दर घट्दो छ । तर विश्वका विभिन्न देशमा देखिएको नयाँ स्वरुपको प्रारम्भिक नतिजाले यो भाइरस छिटो फैलिने भनिएको छ । त्यसकै तयारी स्वरुप गण्डकी प्रदेश सरकारले, अस्थायी दरबन्दी सिर्जना गरि प्रदेश अन्तर्गतका ११ अस्पतालमा स्वास्थ्यकर्मी खटाएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारी गुरुङ बताउनुहुन्छ । लुम्बिनी प्रदेश अन्तर्गत १३ वटा ठूला अस्पताल छन् भने ४ वटा मेडिकल कलेजहरू सञ्चालनमा छन् ।

स्वास्थ्यकर्मी अभाव भएका स्थानमा अस्थायी दरबन्दी सिर्जना गरेर पदपूर्ति गरिएको, स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरी तयारी अवस्थामा रहेको स्वास्थ्य निर्देशनालय बुटवलका प्रवक्ता रोशनलाल चौधरीले बताउनुभयो । कर्णाली प्रदेश सरकारले यसअघि विभिन्न अस्पालमा अक्सिजन प्लान्ट स्थापना गरेको थियो सुदुरपश्चिम प्रदेश सरकारले कोभिड सङ्क्रमण न्यूनीकरण भएको भनेर कुनै काम नरोकेको जनाएको छ ।

अहिले अस्पतालमा शैय्या थप्ने लगाएतका काम भइरहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्की बताउनुहुन्छ । कोरोनाको नयाँ स्वरुप यसअघि देखिएका स्वरुप भन्दा खतरनाक मानिएको छ । विभिन्न देशले स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाईको साथ पालना गर्न थालेका छन् भने तयारी पनि बढाएका छन् ।सिआईएनबाट

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्