भारतमा पनि देखियो ओमिक्रोन भेरियन्ट – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

भारतमा पनि देखियो ओमिक्रोन भेरियन्ट

    मा प्रकाशित
कर्नाटक, १७ मंसिर । विश्व मााझ त्रासको रुपमा देखिएको कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा पनि देखिएको छ ।

दक्षिण अफ्रिकाबाट कर्नाटक आएका दुई जनामा यो भेरियन्ट देखिएको हो ।  उनीहरूमा सामान्य लक्षण देखिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

संक्रमित दुबै पुरुषलाई निगरानीमा राखिएको छ । नयाँ भेरियन्ट देखिएसँगै अन्य सहरमा पनि परीक्षण सुरु गरिएको छ ।

ओमिक्रोन देखिएपछि भारतले दक्षिण अफ्रिका, न्यूजिल्यान्ड, बंगलादेश, बेलायत, हङकङ र इजरायललगायतका उच्च जोखिम भएका देशबाट आउने यात्रुलाई कडाइ गरेको छ ।

ती देशबाट आउने यात्रुको कोभिड परीक्षण गरिने र कोभिड नतिजा नआएसम्म उनीहरुलाई विमानस्थलबाहिर जान रोक लगाइने भारतको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोभिड पुष्टि हुने यात्रुलाई छुट्टै राखेर उपचार गरिने र उनीहरूको नमूना ओमिक्रोन जाँचका लागि जीन सिक्विन्सिङ गर्न पठाइने मन्त्रालयले जनाएको छ ।

त्यस्तै, ती देशबाट आउने यात्रु एक साता घरमा क्वारेन्टिनमा बस्नुपर्ने जनाइएको छ । एजेन्सी

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्