राप्रपाको महाधिवेशनमा निर्वाचन प्रक्रिया आजबाट – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

राप्रपाको महाधिवेशनमा निर्वाचन प्रक्रिया आजबाट

    मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा प्रतिनिधिको नाममा विवाद भएपछि निर्वाचन प्रक्रिया आजबाट मात्रै सुरु हुने भएको छ । हिजो विहान १० बजे नै निर्वाचन कार्यक्रम सुरु गर्ने भनिए पनि महाधिवेशन प्रतिनिधिको नाममा विवाद भएपछि छानबिन समिति बनाएर विवाद राति मिलाइएको छ ।

 

त्यसअनुसार आज पनि बन्द सत्र जारी रहने राप्रपाका प्रचार विभाग संयोजक मोहन श्रेष्ठले जानकारी दिनुभयो ।अध्यक्ष कमल थापा पक्षले फर्जी प्रतिनिधि थप गरेको आरोप लगाउँदै नेता राजेन्द्र लिङ्देन समूहले प्रश्न उठाएपछि निवार्चन प्रक्रिया अवरुद्ध भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्