कक्षा १२ को नतिजा प्रकाशित – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

कक्षा १२ को नतिजा प्रकाशित

    मा प्रकाशित

मंसिर १७ , दाङ । आज शुक्रबार  कक्षा १२ को नतिजा प्रकाशित भएको छ ।  बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको हाे

बोर्डका अनुसार ७ हजार ६३ जना विद्यार्थीले ए प्लस नतिजा प्राप्त गरेका छन् । त्यस्तै ४८ हजार २३९ ले ग्रेड ए ल्याएका छन् ।

७० हजार १ जनाले बी प्लस प्राप्त गरेका छन् । त्यस्तै ९९ हजार ५३७ जनाले बी ग्रेड प्राप्त गरेका छन् । ७५ हजार ०८८ जनाले सी प्लस नतिजा प्राप्त गरेको बोर्डले जनाएको छ ।

२४ हजार ५१५ जनाले ग्रेड सी ल्याएका छन् । ३ हजार ८७५ जनाले डी प्लस प्राप्त गरेका छन् । नतिजा डी ल्याउनेको संख्या २९६ छ । त्यस्तै १० हजार ७६ जनाले ग्रेड ई प्राप्त गरेका छन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्