मुस्ताङकमा हिमपात , जनजीवन कष्टकर – Kanika Khabar
Saturday, April 20Nepali News Portal

मुस्ताङकमा हिमपात , जनजीवन कष्टकर

    मा प्रकाशित

मुस्ताङ,१७ मंसीर । मुस्ताङमा हिमपात भएको छ । केही दिनदेखि मौसममा आएको परिवर्तनका कारण आज (शुक्रवार)बिहानैदेखि मुस्ताङको माथिल्लो क्षेत्रमा हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका, लो–घेकर दामोदर कुण्ड गाउँपालिका र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँले मुस्ताङका अग्ला डाँडापाखामा हिमपातका साथै सिमसिम पानी परेपछि चिसो बढ्दै गएको बताउनुभयो ।मुस्ताङको माथिल्लो क्षेत्रमा हिमपात भएको छ भने तल्लो क्षेत्रमा वर्षासँगै कुहिरो र हुस्सु लागेको छ । जिल्ला सदरमुकाम जोमसोम आसपासका क्षेत्रमा आज बिहानैदेखि पानी परेको थियो । हिमपात र वर्षाकै कारणले गर्दा उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा सम्पर्क हुन नसकेको प्रजिअ शर्माले बताउनुभयो । टेलिकमका टावरमा हिउँ जमेर ब्याट्री डाउन भएपछि सम्पर्क विच्छेद हुन सक्ने अनुमान गरिएको उहाँको भनाइ छ ।

वर्षा र हिमपात तथा हुस्सु र कुहिरोका कारण जोमसोम–पोखरा हवाई उडान पनि प्रभावित बनेको छ । मौसम प्रतिकूल बनेको हुँदा पोखराबाट जहाजले उडान भर्न नसकेको प्रजिअ शर्माले बताउनुभयो । यो सिजनमा दोस्रो पटक हिमपात भएपछि मुस्ताङको जनजीवन समेत प्रभावित बनेको छ ।हिमपात र वर्षाका कारण मुस्ताङको तापक्रम माइनस तर्फ झर्दै गइरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ।उज्यालोबाट

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्