नेपलाकै कान्छा जनप्रतिनिधि ‘सद्दाम’ जसले सीमावर्ती क्षेत्रमा पहिलोपटक एम्बुलेन्स सेवा पु¥याए – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

नेपलाकै कान्छा जनप्रतिनिधि ‘सद्दाम’ जसले सीमावर्ती क्षेत्रमा पहिलोपटक एम्बुलेन्स सेवा पु¥याए

    मा प्रकाशित

          शिवु खनाल
दाङ, १८ मंसिर।
दाङको कोइलाबास नाका सीमावर्ती क्षेत्रमा एम्बुलेन्स सुविधा पुगेको छ । सर्वसाधारणको उपचारमा सहज पहुँचका लागि वडा कार्यालयले एम्बुलेन्स सेवा शुरु गरेको हो गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकिले जानकारी दिनुभयो । दुर्गम क्षेत्रमा आकस्मिक उपचारका समयमा हुन आउने समस्यालाई मध्यनजर गर्दै वडा कार्यालयले जनताको सेवाका लागि एम्बुलेन्स सेवा शुरु गरेको वडाध्यक्ष सिद्दिकिले बताउनुभयो ।
‘सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नाकाबासीहरूमा अझै पनि अस्पताल पुग्न सहज वातावरण छैन, वडाध्यक्ष सिद्दिकिले भन्नुभयो,–। ‘स्थानीयवासीको सहजताका लागि एम्बुलेन्स खरीद गरेका हौँ।’ गत आर्थिक वर्ष ०७५÷०७६ को विनियोजित नौ लाख ५५ हजार ७ सय २७ रुपैँया बजेटबाट एम्बुलेन्स खरीद गरिएको ।’ भारतसँग जोडिएको दाङको कोइलाबास, मुसि, खबरी, भौरेसाल लगायत पिछडिएको क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउन वडा कार्यालयले सबै प्रकार सेवा दिन तयार रहेको वडाध्यक्ष सिद्दिकिले बताउनुभयो । लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारु र संघीय सांसद मेटमणी चौधरीको संयुक्त पहलमा कोइलाबास स्वास्थ्य चौकीको लागि पुरै भन्सार छुट गरेर भारतबाट एम्बुलेन्स् ल्याइएको हो । सीमावर्ती क्षेत्रमा पहिलोपटक एम्बुलेन्स् सेवा पुगेपछि स्थानीय नाकाबासीहरुले खुसि व्यक्त गरेका छन् ।
ड्राइभरलाई भत्ता सहित पन्ध्रजनाको निःशुल्क स्वास्थ्य उपचार
२०७२ साल माओवादी केन्द्रबाट निर्वार्चित हुनु भएका गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकिले आफु निर्वाचित हुनुभन्दा अगाडि देखि आफ्नो निजी जिप वडामा एम्बुलेन्स्को रुपमा प्रयोग गर्दै आउनु भएको थियो । वडाध्यक्ष सिद्दिकिले आफ्नो जिप एम्बुलेन्स्को रुपमा प्रयोग गर्दै आएको अहिले चारवर्ष पुरा भएको जानकारी दिनुभयो । म निर्वार्चित हुनु भन्दा पहिल्यै देखि आफ्नै इन्धन र व्यक्तीगत खर्चबाट ड्राइभरलाई भत्ता दिएर वडामा रहेका विरामीहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छु । अहिलेसम्म करिब पन्ध्र देखि वीसजनाको निःशुल्क स्वास्थ्य उपचार गरेको छु, वडाध्यक्ष सिद्दिकिले भन्नुभयो,—। ‘भारतको तुलसिपुर अस्पताल र नेपालको लमही र घोराहीमा पु¥याइ वडाका स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गर्दै अएको छु ।’
कोरोना संक्रमित बोक्न वडाध्यक्षको निजी गाडी
दाङको गढवा गाउँपालिकाका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकिले कोरोना संक्रमितलाई अस्पताल पु¥याउने प्रयोजनका लागि आफ्नो निजी गाडी उपलब्ध गराएका गराएका थिए । पहिलो र दोस्रो चरणको बेला वडाध्यक्ष सिद्दिकिले कोइलाबास स्वास्थ्य चौकीमा एम्बुलेन्स् सेवाको सुविधा नहुँदा आफ्नै निजी बोलेरो जिप एम्बुलेन्सका रूपमा प्रयोग गर्न वडा कार्यालयलाई निःशुल्क उपलब्ध गराएका हुन् । त्योबेला वडाध्यक्ष सिद्दिकिले कोरोना संक्रमितले एम्बुलेन्स नपाएको अवस्था देखेर संक्रमितलाई अस्पताल पु¥याउन गाडी उपलब्ध गराउने निर्णय गरी अगाडि बढेका थिए । नेपालकै कान्छा २५ वर्षिय वडाध्यक्ष सिद्दिकीले कोरोना संक्रमण अन्त्य नहुँदासम्म आफू मोटरसाइकलमा यात्रा गर्ने प्रतिवद्धाता जनाएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्