राप्रपाको महाधिवेशन जारी – Kanika Khabar
Thursday, April 25Nepali News Portal

राप्रपाको महाधिवेशन जारी

    मा प्रकाशित

मंसिर १८, काठमाडौँ ।
काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशनमा मतदान प्रक्रिया चलिरहेको छ । बिहान ८ बजेबाट नै मतदान हुने भनिएपनि ढिला गरि मध्यान्ह १२ बजेपछि मात्रै मतदान सुरु भएको थियो ।

नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा आधा जति मात्रै मत खसेको छ । जसका कारण मतदानमा केही ढिलाइ भइरहेको राप्रपाका प्रचारप्रसार संयोजक मोहन श्रेष्ठले सीआईएनलाइ जानकारी दिनुभयो ।

राप्रपा महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधिहरू काठमाडौंमा भेला भएका छन् । निर्वाचनमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देनको प्यानले नै उम्मेदवारी दिएको छ । आजै साँझबाट मतगणना सुरु हुने र राती अबेर सम्म नतिजा आइसक्ने भनिएपनि ढिलाइ हुने भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्