पछिल्लो २४ घण्टामा २०५ कोरोना संक्रमित थपिए – Kanika Khabar
Friday, April 19Nepali News Portal

पछिल्लो २४ घण्टामा २०५ कोरोना संक्रमित थपिए

    मा प्रकाशित

दाङ, १९ मंसिर । पछिल्लो २४ घण्टामा दुई सय पाँच जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको ७ हजार ९९५ पीसीआर र २ हजार ७५२ जनाको एन्टीजेन परीक्षण गर्दा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, ४३६ जना कोरोनाबाट सङ्क्रमणमुक्त भएका छन्।

हाल देशभर ६ हजार ५०७ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट हालसम्म देशभर ११ हजार ५४१ जनाको मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्