बाँस, बेतको सामग्री बनाउने परम्परागत सीप खतराको सूचिमा – Kanika Khabar
Friday, March 29Nepali News Portal

बाँस, बेतको सामग्री बनाउने परम्परागत सीप खतराको सूचिमा

    मा प्रकाशित

शिवु खनाल
देउखुरी, २० मंसिर ।
बाँस तथा बेतको सामग्री बनाउने विभिन्न समुदायको परम्परागत सीप यतिबेला खतराको सूचिमा परेको छ । बाँसको चोयाबाट बिभिन्न किसिमका घरायसी सामाग्रीहरु बनाउने सीप परम्परागत पूस्तौनी हस्तान्तरणबाट सिकेको भए पनि कच्चा पदार्थको अभाब र प्लास्टिकजन्य सामानको बजारले गर्दा लोप हुन लागेको हो । लमही नगरपालिका वडा नम्बर ३ टिकुलिगढमा रहेको सर्जनशिल अपांग मैत्री उत्थान संस्थामा काम गर्दै आउनु भएका धनिराम चौधरीले कच्चा पदार्थको अभाब र प्लास्टिकजन्य सामानको बजारले गर्दा बाँस तथा बेतको सामाग्री लोप हुन लागेको बताउनुभयो । ‘हाम्रा बाबु बाजेले नै हामीलाई सिकाए, तर बाँस तथा बेतको सामाग्री बनाउने कच्चा पदार्थको अभाबकै कारण उत्पादनमा कमी आएको बताउनुभयो । उहाँले भन्नुभयो,—। ‘हामीले अहिल, मुडा, छिटुवा, डोका, पिरूङ्गा लगायत बाँु र बेतका बाँसलाई आकार दिएर विभिन्न सामाग्री उत्पादन गर्दै आएको छाँै । तर उहिले सिकेको सीप अहिले सबै बिर्सीने अवस्था आएको छ ।’
बाँस र बेतका बाँसलाई आकार दिएर विभिन्न सामाग्री उत्पाद गर्दै आउनु भएका लमही नगरपालिका वडा नम्बर ३ बनगाउँ निवासी लिलबहादुर डाँगीले कच्चा पदार्थको अभावले सीप लोप हुन पुगेको बताउनुभयो । डाँगि २०६४ सालमा प्यारलाइसिसले आधा शरिरको अंग नचल्ने भएपछि सर्जनशिल अपांग मैत्री उत्थान संस्थामा काम गर्दै आउनु भएको छ । आधुनिक जमाना भन्छन्, सबै कुरा बिर्सी पनि सकेका छौ । दैनिक चलनचल्तीमा नआए पछि बिर्सदै जाने रहेछ । यसरी परम्परागत ज्ञान र सीप बिर्सनेमा डाँगी मात्र एकल होइनन् । यता लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बावुराम चौधरीले यस्तो परम्परा मासिँदै गएकोमा चिन्त्तिा व्यक्त गर्दै, मासिदँै जान लागेको बाँस तथा बेतको सास्कृतिसंगै ज्ञान, सिप र कलाको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । उत्पादन गर्ने चाहिने काठ तथा बाँसजन्य बिभिन्न समानहरु हामी आफै उत्पादन गर्न जरुरी रहेको बताउनुभयो ।
बाँसको धेरै समान बन्छ । हाम्रो परम्परा सधै जोगाइ राख्नुपर्छ । आफ्नो सिप अनुसार धेरै समानहरु बनाउन सकिन्छ । तर अहिले यस्तो सामान बनाउने सीप युवा बर्गमा कसैसंग छैन, वडाध्यक्ष चौधरीले भन्नुभयो,—। ‘यसरी आफनो सीप मासिदै जानु परनिर्भता बढ्दै जानु हो ।’ ज्ञान र सिपले वातावरण संरक्षण गर्न सहयोग पुगेको वडाध्यक्ष चौधरीले बताउनुभयो । उहाँले पछिल्लो चरणमा आधुनिक बिकासका नाममा वन बिनास र वातावरण प्रदुषण भई रहेको बिश्लेषण गर्दै, सिप, कला, प्रबिधि र उत्पादनलाई संगै अगाडि बढाउन वडा सरकार तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो,—। ‘सीपलाई आर्यआर्जनसंग जोड्न आवश्यक छ । त्यसका निम्ति स्थानीय सरकारले प्रोत्साहन गरेर अगाडी बढ्ने गरी कार्यक्रमहरु निर्माण गरिएको छ । सीप र कला हाम्रो संस्कृति र सभ्यतासंग जोडिएको छ ।’
लमही नगरपालिका वडा नम्बर ३ टिकुलिगढमा रहेको सिर्जनशिल अपांग मैत्री उत्थान संस्थामा आवद्ध हुनु भएका बाह्रजनाले बाँस र बेतको बाँसबाट विभिन्न आकार दिदैँ आउनु भएको छ । संस्थाबाट ¥याक, मुडा, छिटुवा, डोका, पिरूङ्गा लगायत अन्य उत्पादित सामाग्री स्थानीय बजारमा खपत हुदै आएको संस्थाका सचिव नारायणप्रसाद भण्डारीले बताउनुभयो । उहाँले संस्थाबाट अहिलेसम्म असी हजार बराबरको सामाग्री विक्री वितरण गरिएको जानकारी दिदैँ, थप वीस हजार बराबरको सामाग्री विक्रीको लागी तयारीमा राखिएको बताउनुभयो । संस्थामा बाह्रजना काम गर्ने हुनुहुन्छ भने बयालीस जना अन्य सदस्य रहेको जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्