तीन दिनदेखि नेपाल टेलिकमको फोन सेवा अवरुद्ध – Kanika Khabar
Friday, March 29Nepali News Portal

तीन दिनदेखि नेपाल टेलिकमको फोन सेवा अवरुद्ध

    मा प्रकाशित

डिल्लीराज विश्वकर्मा
मंसिर २०, रुकुम पूर्व ।
रुकुम पूर्वमा तीन दिनदेखि नेपाल टेलिकमको फोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको सेवा अनियमति हुँदा समस्या भएको छ । तीन दिनदेखि जिल्लामा नेपाल टेलिकमको सेवा ठप्प भएका कारण सेवा ग्राही मर्कामा परेका छन् ।

 

जिल्लामा सबै भन्दा बढी प्रयोग भइरहेको नेपाल टेलिकमको सेवा बेला बेलामा अवरुद्ध हुँदा सेवा ग्राहीले सास्ती भोग्न थालेका छन् । दैनिक कामकाज प्रभावति भएको सेवाग्राहीको भनाइ छ ।

 

ल्याण्डलाइन फोन समेत अवरुद्ध हुँदा कार्यालयहरूमा समेत काम गर्न निकै समस्या भएको छ । टेलिफोन सेवा अनियमित भएकै कारण एक अर्कासँग सम्पर्कमा जोडिन समेत समस्या हुने गरेको छ । रुकुम पश्चिमको जन्ती बस्ने लेकमा टेलिकम टावरको डिभाइसमा समस्या आएका कारण फोन सेवा अवरुद्ध भएको दूर सञ्चार कार्यालय रुकुम पूर्वका प्रमुख चन्दनकुमार यादवले जानकारी दिनुभयो ।

जन्ती बस्ने लेखमा सिस्टम अपडेट गर्नु पर्ने भएकाले फोन अवरुद्ध भएको उहाँले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्